२९ श्रावण २०८३, शुक्रबार
राजनीति

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

२८ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रिय सभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् । लगत्तै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिएकी छन् । शपथ ग्रहण […]

खेलकुद

क्यानमा फर्किए छुम्बी, अर्को एक पदमा ६ प्रतिस्पर्धी

२८ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मा छुम्बी लामा मनोनित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले लामालाई क्यानको सदस्यमा मनोनित गरेको हो । क्यानको केन्द्रीय समितिमा राखेपले दुई सदस्य मनोनित गर्ने व्यवस्था छ । गत असोजमा क्यानको केन्द्रिय चुनाव सम्पन्न भएपनि राखेपले दुई जनाको नाम सिफारिस गरेको थिएन । बुधबार लामा मनोनित […]

समाचार

एपीएफ आगलागी घटना : भण्डारण शाखाका ७ सुरक्षाकर्मीलाई झिकाएर सोधपुछ

२८ चैत, काठमाडौं । सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानविन गर्न भण्डारण शाखा ७ कर्मचारीलाई झिकाएर सोधपुछ सुरु गरिएको छ ।   आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा बनेको ९ सदस्यीय छानविन समितिले भण्डारण शाखाका एसपीसहित ७ जनासँग सोधपुछ सुरु गरेको हो ।   यसैगरी […]

समाज

पत्रकार पौडेल ‘शसक्त पत्रकारिता अवार्ड’बाट सम्मानित

  २८ चैत, काठमाडौं । खोजमूलक पत्रकारितामार्फत भ्रष्टाचार, अनियमितता उजागर गरे बापत पत्रकार दिलीप पौडेल शसक्त पत्रकारिता अवार्ड–२०८०बाट सम्मानित भएका छन् ।   पौडेललाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले अवार्ड र प्रमाण पत्रले सम्मान गरेकी हुन् । बागलुङबाट पत्रकारिता सुर गरेका पौडेल अहिले नागरिक दैनिक काठमाडौंको आर्थिक व्यूरोमा कार्यरत […]

राजनीति

कोशी प्रदेशसभाको अधिवशेन वैशाख ६ गतेका लागि आह्वान

२८ चैत, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए । सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को […]

बैंक–वित्त

ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण

२८ चैत, काठमाडौं । उत्पादनमुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् ।   ७ फागुनबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट करिब साढे ६ हजार परीक्षार्थी उत्र्तीण भएका हुन् ।   वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ […]

मुख्‍य समाचार राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

 २८ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको […]

अर्थ मुख्‍य समाचार

अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँः अध्यक्ष ढकाल

२८ चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन् ।   महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताए । पहिला देशको अर्थतन्त्रमा अझै […]

मुख्‍य समाचार राजनीति

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित

 २८ चैत, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो । पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । यसअघि नेकपा […]

खेलकुद

गलकोटमा नयाँ वर्षमा पानीमा भलिबल प्रतियोगिता हुने

२८ चैत, गलकोट । नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुने भएको छ । विदेशमा सामुद्रिक किनार या पौडी पोखरीमा भलिबल खेले पनि नेपालमा नयाँ अभ्यासका रुपमा बागलुङको गलकोटमा तीन वर्षदेखि पानीमा भलिबल (वाटर भलिबल गेम) प्रतियोगिता आयोजना हुँदै आएको छ ।   गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको […]

मुख्‍य समाचार समाज

काठमाडौंमा खैरो हेरोइन सप्लाई आरोपमा ७२ वर्षीय वृद्धसहित १० जना पक्राउ २८

२८चैत, काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न ठाउँबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको छ । विभिन्न ठाउँबाट पक्राउ परेकाहरुलाई ब्यूरोको टोलीले बुधबार सार्वजनिक गरेको छ । जसमा ७२ वर्षीय वृद्ध समेत रहेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ का ७२ वर्षीय प्रमानन्द मेहतालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ बाट २० चैतमा पक्राउ गरेको छ […]

मुख्‍य समाचार समाज

लागु औषधसहित ३ महिला सिनांमगलको सुकुम्बासी बस्तीबाट पक्राउ

२८ चैत, काठमाडौं । अवैध लागु औषधसहित प्रहरीले तीन महिला र ए पुरुष गरी चार जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका–६ कि ५१ वर्षीया लक्ष्मी परियार, कैलाकीको धनगढी उपमहानगरपालिका–९ का ३५ वर्षीय इन्द्रबहादुर साउँद, दोलखा घर भएका ३४ वर्षीया सृजना बिक र काठमाडौं महानगरपालिका–९ कि ५१ वर्षीया मीना बस्नेत छन् […]