२७ श्रावण २०८३, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

चिनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु

८ जेठ , काठमाडौँ । उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हँदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो । सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार […]

मुख्‍य समाचार

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति कति बढ्यो ? 

काठमाडौं, ८ जेठ । सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ । विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त भएको २५ लाख रुपैयाँ नगद एभरेष्ट बैंकमा मौज्दात रहेको उल्लेख छ । […]

मुख्‍य समाचार

समाचार रोक्न नसकेर राज्यशक्ति दुरुपयोग सिरोहिया 

काठमाडौं, ८ जेठ । आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिनुलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाले समाचार रोक्न राज्य शक्तिको दुरुपयोग गर्दै विषयान्तरको दबाबका रुपमा लिएका छन् । नागरिकताका विवरण फरक रहेको समाचार आइरहँदा सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते प्रकरणमा सिरोहियालाई […]

मुख्‍य समाचार समाज

कोठाभाडा तिर्न नसक्दा…

८ जेठ , काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठाभाडा तिर्न पनि नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउँथे । ट्याक्सी चलाउँदा पनि सोचेजस्तो आम्दानी नहुँदा परिवारको खर्च धान्नै […]

मुख्‍य समाचार राजनीति

राप्रपाद्वारा मोटरसाइकल र्‍याली

८ जेठ, काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने उद्देश्यले काठमाडौँसहित मुलुकका विभिन्न भागमा आज मोटरसाइकल र्‍याली गरेको छ । पार्टीमा प्रशिक्षण र युवा परिचालन कार्यक्रमअन्तर्गत देशभरका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा आज मोटरसाइकल र्‍याली गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । काठमाडौँमा बबरमहलबाट सुरु भएको र्‍याली नगरपरिक्रममा पछि दरबारमार्गमा […]

मुख्‍य समाचार समाचार

काठमाडौँका १ लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने

८ जेठ , काठमाडौँ । यही जेठ १३ गतेदेखि काठमाडौँ जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो । जनस्वास्थ्य कार्यालय, काठमाडौँले आज यहाँ आयोजना गरेको पत्रकार […]

मुख्‍य समाचार समाचार

सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा

८ जेठ, काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएका थिए । उक्त कीर्तिमान भङ्ग […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त

८ जेठ, गण्डकी । पोखरा महानगरपालिका–३० मोहोरियास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माणकार्यले गति लिन सकेको छैन । ठेक्का सम्झौता अनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशतमात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माणकार्य ‘एम–धुलिखेल–प्याराडाइज जेभी’ले गरिरहेको छ । विसं […]

मुख्‍य समाचार

रेडपाण्डामा आधारित जनचेतनामूलक भिडियो सन्देश सार्वजनिक

काठमाडौं, ८ जेठ । विश्वमै दुर्लभ मानिएको रेडपाण्डा(हाब्रे)को संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले मण्डला रंगमन्चका कलाकारहरुको अभिनयमा निर्माण भएको जनचेतनामूलक सन्देश(पीएसए)मंगलबार प्रदर्शन गरिएको छ । रेडपाण्डा संरक्षण दूत कलाकार दयाहाङ राईको नेतृत्वमा निर्माण भएको सन्देशमुलक भिडियोमा कलाकारहरुले रेडपाण्डाको वास्तविक चित्रण गरेका छन् । रेडपाण्डा नेटवर्कको सहयोगमा निर्माण भएको भिडियोमा रेडपाण्डाको चरित्रमा प्रवेश गरेर कविता, नृत्य र […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिसँग शिष्टाचार भेट

८ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले समृद्धि, दिगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकाङ्क्षाका रुपमा बिम्स्टेक रहेको बताए । उनले बिम्स्टेक क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुक रहेका […]

मुख्‍य समाचार समाचार

रुकुम पश्चिममा १० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

८ जेठ, रुकुम । पश्चिम रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभि खोप लगाउने गरी अभियान सञ्चालन हुँदैछ । यही जेठ १३ गतेदेखि २६ गतेसम्म जिल्लाभरमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जिल्लाभरका करिब १० हजार बालबालिकालाई खोप लगाउने लक्ष्यसहित दुई चरणमा खोप अभियान […]

खेलकुद मुख्‍य समाचार

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

८ जेठ, काठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । यही जेठ ११ देखि २१ गतेसम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३ दशमलव पाँच केजीमा प्रकाश […]