२९ फाल्गुन २०८२, शुक्रबार
खेलकुद समाचार समाज

लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । […]

समाचार समाज

३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

५ फागुन, बारा । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका […]

समाचार समाज

काठमाडौंको पेप्सिकाेलामा आगलागी, निभाउने प्रयास जारी

४ फागुन, काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी भएको छ । आगलागी भएपछि नेपाल प्रहरी र एपीएफको दमकल पुगेको छ । आगो निभाउने प्रयास भइरहेको छ । आगलागी कसरी भएको हो भन्‍ने कारण खुल्न सकेको छैन।

समाचार समाज

प्रहरी कर्मचारी समायोजन समिति गठन

४ फागुन माघ, काठमाडौं । प्रहरी कर्मचारी समायोजन समिति गठन भएको छ । प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्व पाँच सदस्यीय समिति गठन भएको हो । समितिमा गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य तथा […]

समाचार समाज

साढे ६ दशकपछि नेपालमै हुलाक टिकट छाप्न सुरु

४ फागुन, काठमाडौं । साढे ६ दशकपछि हुलाक टिकट नेपालमै छाप्न सुरु भएको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडलाई ८० लाख थान छाप्न जिम्मा दिएपछि नेपालमै हुलाक टिकटको पुनः छपाइ सुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि […]

खेलकुद

एक्सपर्ट भरतपुर मेयर्स कपः एक्सपर्टद्धारा जर्सी हस्तान्तरण, लिग चरणमा नारायणी नमुना मा.विको पहिलो जित

४ फागुन, चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको खेल आज (शुक्रबार)बाट सुरु भएको छ । उद्घाटन खेलमा नारायणी नमुना मा.वि.ले अंकुरम एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुआत गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा अंकुरम एकेडेमीलाई पराजित गर्दै नारायणीले २ अंक सुरक्षित गरेको छ । भरतपुर–१५ स्थित […]

राजनीति

कांग्रेसमा तीन वटै प्रतिवेदन पारित, निर्वाचन समिति गठन

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद, संसदीय दल कार्यसमितिको निर्वाचन गराउन निर्वाचन समिति बनाएको छ । शुक्रबार बसेको कार्यसमिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयमेजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् । बैठकले महासमितिमा पेश गर्ने तीन वटै प्रतिवेदन प्राप्त सुझावलाई समावेश गरी परिर्माजन सहित […]

मुख्‍य समाचार राजनीति

अजयबाबु शिवाकोटीले देउवालाई सोधे :प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे पार्टीको धारणा के हो ?

४ फागुन, काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य  अजयबाबु शिवाकोटीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको सहकार्य लाभदायक नभएको अभिव्यक्तिबारे  पार्टी सभापति देउवासँग आधिकारिक धारणा के हो भनी माग गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य  शिवाकोटीले पार्टीको धारणा माग गरेका हुन् । उनले भने, ‘नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा […]

समाचार समाज

प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाए स्थानीय तहको अनुदान रोक्का !

४ फागुन, काठमाडौं । स्थानीय तहले आफू अनुकुलका प्रमुख प्रशासकीय अधिकृत नपाए हाजिर नै नगरी फर्काउने क्रम बढेपछि संघीय सरकारले त्यसलाई निरुत्साहित गर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा कुनै पनि स्थानीय तहले संघ तथा प्रदेश सरकारले कानून बमोजिम खटाएको कर्मचारीहरुलाई हाजिर हुने […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

निमा एजुकेसन फाउन्डेसनमा रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता

४ फागुन, काठमाडौं । निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रतियोगिता सम्पन्न भएको छ । माघ २८ र २९ गते काठमाडौंमा आयोजना भएको उक्त प्रतियोगितामा १५० विद्यार्थीहरूले एआईदेखि रोबोटिक्ससम्मका विभिन्न परियोजना तयार पारेर प्रदर्शन गरेका थिए । प्रतियोगितामा विद्यार्थीले आफ्नो सीप प्रदर्शन गर्ने […]

खेलकुद समाचार समाज

मलेसियासँग स्तब्ध भएसँगै नेपालको एसिया कप खेल्ने सपना समाप्त

४ फागुन, काठमाडौं । नेपाल एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले स्तब्ध भएको छ । यसअघि तेस्रो पटक फाइनल खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । जितको लागि ११६ रनको बलियो विजयी लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा एल्सा […]

मुख्‍य समाचार समाचार समाज

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

४ फागुन, बागलुङ । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । […]