२९ फाल्गुन २०८२, शुक्रबार

कांग्रेस महासमिति बैठक स्थल गोदावरीमा नेता÷कार्यकर्ताको चहलपहल

७ फागुन, ललितपुर । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा चहलपहल सुरू भएको छ । सोमवारबाट ललतिपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोईराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ […]

खेलकुद समाचार समाज

आर्यनको कीर्तिमानी ६ विकेटमा नामिबिया १२३ रनमा अल आउट

७ फागुन, काठमाडौं । स्पिनर आर्यन दत्तको कीर्तिमानी ६ विकेटसँगै नामिबियाले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेदरल्यान्ड्सलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमा १२३ रनमा अल आउट भयो । नामिबियाका जेजे स्मिथले ४६ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक […]

खेलकुद समाचार समाज

नेपालविरुद्ध बिर्सनलायक बलिङ गरेका आर्यनको नामिवियाविरुद्ध पाँच विकेट

७ फागुन, काठमाडौं – नेरदल्यान्ड्सका स्पिनर आर्यन दत्तले आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध आफ्नो ओडीआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका छन् । चोभार एन्डबाट आएका लेग स्पिनर उनले पाँच विकेट लिँदै टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिवियालाई दयनीय अवस्थामा पुर्याएका छन् । टियुको विहानी कन्डिसनको भरपूर्ण फाइदा उठाए । […]

राजनीति समाचार समाज

महामन्त्री थापाको प्रतिवेदनमा अझै जुटेन सहमति, सभापति देउवासँग छलफल गर्दै

७ फागुन, काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार गरेको सांगठनिक प्रतिवेदनमा अझै सहमति जुट्न सकेको छैन । महान्त्री थापाले तयार गरेको प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनअघि नै गठबन्धन नगर्ने संकल्प गर्नु पर्ने उल्लेख छ । उक्त प्रस्तावलाई हटाउनु पर्ने कांग्रेसको संस्थापन पक्षको माग छ । पार्टी सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएपछि […]

समाचार समाज

सोमबारदेखि फेरि वर्षा, पश्चिमी भूभाग बढी प्रभावित हुने

६ फागुन, काठमाडौं । सोमबारदेखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज आइतबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । […]

बागमती समाज

चितवनका दुई मुद्रण व्यवसायी सम्मानित

६ फागुन, चितवन । मुद्रण संघ चितवनले दुई मुद्रण व्यवसायीलाई सम्मान गरेको छ । नेपाल मुद्रण उद्योग महासंघको ५ औं महाधिवेशनबाट सिटीपी हाउस चितवनका सञ्चालक मनोज जिसी दृतीय उपाध्यक्षमा र क्वालीटी प्रेसका सञ्चालक अर्जुन सापकोटा महासचिव पदमा निर्वाचित भएपछि संघले सम्मान गरेको हो । सम्मानपछि मुद्रण उद्योग महासंघका नवनिर्वाचित मनोज जिसीले व्यवसायीको हकहितमा सधैं दत्तचित्त […]

खेलकुद

एक्सपर्ट भरतपुर मेयर्स कपः इडन गार्डेन विजयी, नारायणीको लगातार दोस्रो जित

६ फागुन, चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा इडन गार्डेन स्कुल र नारायणी नमुना मावीले जित निकालेका छन् । आज (आइतबार) भएको खेलमा समुह बीको इडन गार्डेनले प्रभात मावीलाई ६ विकेटले तथा नारायणीले मावी गंगानगरलाई २३ रनले हराउदै जित हात पारेका हुन् । भरतपुर–१५, स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना […]

मुख्‍य समाचार समाचार समाज

खाजा पसलमा वेश्यावृति गराएको आरोपमा दुई पक्राउ

६ फागुन, काठमाडौं । खाजा पसलमा वेश्यावृति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–४, धुम्बाराहीकी ४० वर्षीया सीताकुमारी खत्री र कागेश्वरी मनोहरा–८ का २८ वर्षीय नैनराज कठेत छन् । खत्री धुम्बाराहीमा राई किराना पसलसागै नाम नराखी खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । त्यहाँ विभिन्न महिलाहरुलाई परिबन्धमा पारेर बेश्यावृत्ति गराएको […]

मुख्‍य समाचार समाचार समाज

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल बर्खास्त

६ फागुन, काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । पौडेलले अमेरिकी स्थायी आवासीय अनुमति पीआर लिएको देखिएकाले बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस महासमिति बैठकमा २५ सय बढी सहभागी हुने

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिको आधिकारिक संख्या २ हजार १०५ हुने पार्टीले जनाएको छ । सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने महासमिति बैठकमा आधिकारिक प्रतिनिधिको संख्या दुई हजार १०५ भए पनि सहभागीको संख्या २५ सय बढी पुग्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।   केन्द्रीय समितिका १६५ जना, […]

मुख्‍य समाचार राजनीति

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता गगन पुरीलाई ४ करोड जरिवाना

६ फागुन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा झापाका गगन पुरीलाई दोषी ठहर गर्दै उनीबाट ४ करोड ३ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीले ३ करोड ३२ लाख रुपैयाँ मात्रै बैध […]

अर्थ समाचार समाज

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

६ फागुन, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।