२७ श्रावण २०८३, बुधबार
बैंक–वित्त

लार्केस्थित निकतातामा झोलुङ्गे पुल

९ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसी भएका हुन् । स्थानीय बुद्धरानी तामाङले स्थानीयले मात्र नभएर पर्यटकले समेत धेरै समस्या भोग्दै आएकामा झोलुङ्गे पुल निर्माणपछि सहज भएको […]

मुख्‍य समाचार

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल

९ जेठ, काठमाडौँ । इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगका अवसर र चुनौती’बारे छलफल कार्यक्रम आयोजना गरेको छ । श्रव्यदृश्यका माध्यमबाट मङ्गलबार आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवार, सार्क मुलुकका कूटनीतिज्ञ, विद्वत् वर्ग तथा विश्वविद्यालयका प्राज्ञको सहभागितामा भएको छलफलमा दक्षिण एसियाली मुलुकका चुनौतीबारे छलफल […]

मुख्‍य समाचार

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’उद्घाटन

९ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउने उद्देश्यले यहाँ आयोजित ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को विरुवामा जल उत्सेचन गरेर उद्घाटन गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी यो विज्ञ संवादको उद्देश्य पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित कार्यलाई सुदृढ तुल्याउनु हो । संवादमा नेपालसहित २५ […]

अर्थ मुख्‍य समाचार

दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन

९ जेठ, झापा । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेको हो । गत आवको १० महिनामा दमक […]

मुख्‍य समाचार

कैलालीमा आलु उत्पादन बढ्यो

९ जेठ, कैलाली । गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ प्रतिशतले बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष चार हजार पाँच सय […]

मुख्‍य समाचार समाचार समाज

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा

९ जेठ, काठमाडौँ । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका छन् । “कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गरेका छन्”,सगरमाथा आधारशिविरबाट कार्यालय […]

मुख्‍य समाचार

‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा

९ जेठ, काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिइएको उक्त गाउँपालिकाका सबै वडाका घरमा सयै महिना बत्ती बाल्ने योजना छ । गाउँपालिका कार्यालयले कुनै बस्तीका घरमा केन्द्रीय बिजुलीको तार तान्न, हाउस वाइरिङ गर्न, मिटर बक्स जोड्न बाँकी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

बारा, पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’जडान

९ जेठ , पर्सा । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’जडान गरेको छ । केन्द्रले पुरानो ‘टिओडी’(टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’जडान गरिएको हो । केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाइ’लिएका ‘एचटी मिटरिङ युनिट’जडित (ट्रान्सफर्मर) जडित क्षमता दुई सय […]

मुख्‍य समाचार राजनीति

जसपा नेपालले तोक्यो केन्द्रीय समिति निर्वाचन मिति

९ जेठ , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको निर्वाचन मिति तय गरेको छ । जसपाले आगामी जेठ ३० गते निर्वाचन गर्न लागेको हो । बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै जसपा नेपालले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार पारेको जानकारी दिएको हो । केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ […]

मुख्‍य समाचार राजनीति

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको आग्रह

९ जेठ, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । कर्णाली प्रदेश सरकारको आगामी आव २०८१-८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा उनले प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताए […]

मुख्‍य समाचार

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

९ जेठ, काठमाडौँ, गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ । मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो । प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

मालिकाको धुरीमा रु १८ लाख खर्चेर भक्तजनलाई खानेपानीको व्यवस्था

९ जेठ , म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब रु १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ । समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा दुई किलोमिटर टाढाको […]