२७ बैशाख २०८१, बिहीबार
बागमती समाज

चितवनका दुई मुद्रण व्यवसायी सम्मानित

६ फागुन, चितवन । मुद्रण संघ चितवनले दुई मुद्रण व्यवसायीलाई सम्मान गरेको छ । नेपाल मुद्रण उद्योग महासंघको ५ औं महाधिवेशनबाट सिटीपी हाउस चितवनका सञ्चालक मनोज जिसी दृतीय उपाध्यक्षमा र क्वालीटी प्रेसका सञ्चालक अर्जुन सापकोटा महासचिव पदमा निर्वाचित भएपछि संघले सम्मान गरेको हो ।

सम्मानपछि मुद्रण उद्योग महासंघका नवनिर्वाचित मनोज जिसीले व्यवसायीको हकहितमा सधैं दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै मुद्रण उद्योग महासंघका नवनिर्वाचित महासचिब अर्जुन सापकोटाले मुद्रण व्यवसायलाई सुरक्षित बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा महासंघका निबर्तमान अध्यक्ष खुमकान्त रेग्मीले आफ्नो कार्यकालमा महासंघलाई अगाडी बढाउनका लागि उलेख्य कामहरु गरेको बताए । महासंघलाई देशभर बिस्तार गर्नुका साथै अन्तराष्ट्रिय स्तरमा समेत सदस्यता लिन आफ्नो कार्यकालमा महत्वपूर्ण भुमिका खेलेको उनको भनाई थियो । उनले करिब ४५ अर्ब लगानी रहेको मुद्रण व्यवसायले दुई लाख भन्दा बढीलाई रोजगारी दिएको बताउदै ५ लाख मानिस यसमा प्रत्यक्ष आश्रित रहेको समेत बताए ।
यस्तै कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले व्यवसायीहरु संगठीत भई एक आसपसमा सहकार्य गरेर जानुपर्ने बताए ।

उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले वर्तमान अवस्थामा व्यवसाय संचालन गर्न निकै चुनौती थपिएको भन्दै मुद्रण व्यवसाय लगायतका व्यवसायहरुमा दक्ष कामदारहको समेत अभाव रहेको गुनासो गरे । विभिन्न संघ संस्थाहरुबिचमा सहकार्य गरी नेपाली कामदारलाई दक्ष बनाउनका लागि तालिमको आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा कुमार छापाखानाका सञ्चालक विनय कुमार श्रेष्ठले मुद्रण संघको विगतदेखि वर्तमान सम्मको अवस्थाको बारेमा स्मरण गरेका थिए ।
मुद्रण संघ चितवनका अध्यक्ष सन्दिप सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका मुद्रण व्यवसायहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्