गठबन्धन फेरबदलले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रभावित
२२ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा भएको फेरबदलले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया प्रभावित भएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका थिए । समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी […]











