२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

१२ जेठ, काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा नयाँ भेरियन्टको साथ संक्रममितको संख्या ३२५ पुगेको जनाइएको छ […]

समाचार समाज

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण

१२ जेठ, डुम्रे (तनहुँ), । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ। गण्डकी प्रदेशको ग्रामीण क्षेत्र तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो । पुल निर्माणपछि यहाँका स्थानीयलाई स्याङ्जा […]

खेलकुद

अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

१२ जेठ, काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ। प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो । हुरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक […]

अन्तर्राष्ट्रिय

सर्तका आधारमा युद्ध रोक्न सहमत पुटिन, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी

१२ जेठ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अब उसको हिस्सा नै […]

अर्थ समाचार

घट्यो विदेशी मुद्रा विनिमय दर, कुनको कतिमा भईरहेको छ बिक्रि

  १२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ […]

मुख्‍य समाचार

कैलाश सिरोहियाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

११ जेठ, काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा हिरासत राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । पहिले देखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं–तराई/मधेसको धेद्रे सुरुङमार्ग छिचोलियो

११ जेठ, काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रवार छिचोलिएको छ । प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १,६५३ मिटरको उक्त सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ । यसअघि गत जेठ ४ मा १४३० मिटर दूरीको […]

मुख्‍य समाचार समाचार समाज

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

११ जेठ, काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले तीन दिन म्याद थपेको हो ।   न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।   जिल्ला […]

समाज

सुनको लेपन लगाइएको कपडासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

११ जेठ, काठमाडौं । सुनको लेपन लगाइएको कपडासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानी छन् । उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो । एक्सरे मेसिनमा स्क्यानिङ गर्दा […]

मुख्‍य समाचार समाचार

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

११ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि जिम्मेवारी पूरा गर्न नेपाल […]

मुख्‍य समाचार राजनीति

बजेट अध्‍यादेशबाट होइन संसदं‍बाटै आउँछ : हितराज पाण्डे

११ जेठ, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रमा मुख्य सचेतक हितराज पाण्डले आगामी आर्थिक वर्षको बजेट संसदबाटै आउने बताएका छन् । सरकारको ध्यान अध्यादेशमार्फत बजेट ल्याउनेतिर नरहेको उनको भनाइ छ । शुक्रबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्य सचेतक पाण्डेले संसद चलिरहेको र तत्काल अन्त्य नहुने बताए । संसद चलिरहेका बेला अन्त्य गरेर अध्यादेशबाट […]

राजनीति

प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

११ जेठ, काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय सभा कांग्रेस दलका नेता […]