२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाज

अमेरिकी दूतावासमा विदा, सन्दीपको भिसा अन्यौंलमा

१३ जेठ , काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको छ । आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि […]

मुख्‍य समाचार समाज

परशुराम नगरपालीकाका स्थानीय खानेपानीको अभावमा छट्पटाउदै, जनप्रतिनिधि मोजमस्तीमै व्यस्त

१४ जेठ , काठमाडौँ । देशैभरि खानेपानीको हाहाकार छ । खानेपानीको कहिल्यै समस्या नहुने मधेश प्रदेशका जिल्लाहरुमा पनि यतिबेला खानेपानीको समस्या देखिन थालेको छ । तराई मधेशका जिल्लाहरुमा हातेकल सुक्न थालेको छ । केही दिन अगाडी २५ दिन लगाएर, खुट्टाभरि फोका उठाएर हिड्दै मधेश प्रदेशका २४ जना सर्वसाधारण “सरकार पानी देउ”भन्दै संघिय राजधानी काठमाडौं आएका […]

मुख्‍य समाचार समाचार

पत्रकार महासंघका अध्यक्ष र महासचिवकाे कार्यकक्षमा प्रेस युनियनले लगायाे ताला

१४ जेठ , काठमाडौँ । नेपाल प्रेस युनियन ले नेपाल पत्रकार महासंघकाे अध्यक्ष र महासचिवकाे कार्यकक्षमा तालाबन्दी गरेकाे छ ।  देशभरका पत्रकारहरुकाे सदस्यता शुद्धीकरणमा सक्रिय पत्रकारहरुकाे नाम छुटेकाे र काम नगरेकाहरुकाे नाम पनि पत्रका महासंघका जिल्लाप्रदेशमा सदस्या कायम गरेकाे भन्दै सच्याउन माग गर्दै युनियनले अध्यक्ष र महासचिवकाे कार्य कक्षमा तालाबन्दी गरेकाे हाे ।

मुख्‍य समाचार समाचार समाज

चितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ

१४ जेठ, चितवन । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु महेश हुन् । गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार […]

मुख्‍य समाचार समाचार

सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउन बृहत् नागरिक आन्दोलनको माग

१३ जेठ , काठमाडौं । बृहत् नागरिक आन्दोलनले सहकारीको बचत रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आम जनताको जीविकासँग जोडिएको सहकारीको संकट समाधान गर्न ठगीमा संलग्नमाथि कारबाहीसँगै देशमा सुशासन सुनिश्चित गर्न आन्दोलनको माग छ । ‘आम जनताको जीविकासँग जोडिएको सहकारीको संकट समाधान गर्न, त्यसको अपचलनमा संलग्नमाथि कारबाहीसँगै सुशासन सुनिश्चित गर्न, त्यसप्रति […]

पर्यटन प्रदेस समाचार मधेश

जनस्वास्थ्य नीतिमा हरिवनको प्रयास

१४ जेठ,काठमाडौँ । हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ । नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै राम्रो कार्य गर्ने पालिकाका रुपमा सम्मानित हो । नगरपालिका प्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले जनस्वास्थका क्षेत्रमा थप कार्य गर्न त्यस सम्बन्धित नीति बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

बढ्दो गर्मी : विद्यालय बन्द, खोप अभियान स्थगित

१४ जेठ, भरतपुर । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार

म्याग्दीको ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

१४ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए । “बेनीमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

तनहुँमा चेपाङ विद्यार्थीलाई अध्ययन खर्च

१४ जेठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ । आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव चेपाङलाई मासिक रु पाँच हजारका दरले अध्ययन खर्च दिएको हो । स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ मा तथा सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

मुगुको डोल्फु गाउँमा लुटपाट

१४ जेठ, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । “गाउँमा बूढाबूढी […]

खेलकुद मुख्‍य समाचार

कोलकाताले चुम्यो तेस्रो पटक आइपिएलको उपाधि, सर्वाधिक चौका छक्का बनाउने खेलाडी हैदराबादका हेड र शर्मा   

१३ जेठ , काठमाडौं । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले […]

मुख्‍य समाचार समाज

चितवनमा किसानका केराका बोट काटेको आरोपमा ४ बालक पक्राउ

१४, जेठ, चितवन । किसानले लगाएको केराका बोट काटेकाे आराेपमा ४ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै बालक छन् । उनीहरुले जेठ १ गते रातको ११ बजेतिर खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित करीव पाँच कठ्ठा क्षेत्रफलमा लगाएको ३१५ बोट केरा काटेर नष्ट गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको […]