३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट ४ मन्त्रीले लिए शपथ

२० चैत, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री जम्कट्टेलले आगामी एक साताभित्र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसको पुरानै अडान : रविमाथि सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर

२० चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्‍याएको छ । कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने समेत माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै […]

मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

विश्वासको मत र राजीनामाबारे सुदूरपश्चिमका मुख्यमन्त्री सुझाव लिन काठमाडौंमा

२० चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत लिने कि राजीनामा दिने भन्नेबारे निर्णय लिन नसकेपछि सुझाव लिन काठमाडौं पुगेका छन् । नयाँ सत्ता समीकरण बनेपछि २३ फागुनमा माओवादी केन्द्रले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार शाहले माओवादीले समर्थन फिर्ता लिएको ३० दिन अथात् २२ चैतभित्र प्रदेश सभाबाट […]

मुख्‍य समाचार राजनीति

समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा नियुक्त हुन इच्छुकसँग आवेदन माग

२० चैत, काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै छ । त्यसैले परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपालीहरुबाट […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार

गण्डकीमा राजीनामा दिएर फेरि मुख्‍मन्त्री बन्‍ने दाउमा सुरेन्द्रराज पाण्डे

२० चैत, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिएर फेरि ठूलो दलको हैसियतमा मुख्‍यमन्त्री बन्‍ने तयारीमा जुटेका छन् । विश्वासको मत नलिने बरु राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ आज दिउँसो सांसदहरूसँग छलफल राखेका हुन् । गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपालले आज भारतमा बरोडासँग खेल्दै

२० चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको नाउपा नेताको दाबी (भिडियो)

१९ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार एउटा छलफलमा आफूलाई हत्या पनि हुन सक्छ भनेर धम्की दिएको बताए । ‘हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा टीकापुर नगरपालिकाका […]

मुख्‍य समाचार राजनीति समाचार

मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक पाए विश्वासको मत

१९ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको […]

मुख्‍य समाचार समाचार

सचिवहरुको जिम्मेवारीमा व्यापक सरूवा, कसको कहाँ ?

१९ चैत, काठमाडौं । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम धमाधम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएको छ । आयोगकी सचिव सरिता दवाडीको सिँचाइ […]

मुख्‍य समाचार राजनीति

रेशम चौधरी पक्षले बोलायो केन्द्रीय समिति बैठक

१९ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्षले केन्द्रीय पदाधिकारी र सदस्यको बैठक बोलाएको छ । २७ पुसमा सम्पन्न भएको पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत भएका चौधरीलाई निर्वाचन आयोगले अध्यक्ष बन्न योग्य नहुने निर्णय गरेको थियो । निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको संस्थापक केन्द्रीय समितिलाई नै निरन्तरता दिएको छ । […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

आयरल्यान्ड ए माथि नेपालको ३ रनको रोमाञ्चक जित

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २/१ ले गुमाएको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ […]

बागमती मुख्‍य समाचार राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मागे विश्वासको मत

१९ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेट्लले विश्वासको मत मागेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले एक ढिक्का भएर अगाडि बढ्न दलहरुलाई आग्रह गरे । १४ महिनामा आफ्नो नेतृत्वको सरकारले नीतिगत काम धेरै गरेको भन्दै उनले भने, ‘अहिले पनि प्रदेश र प्रदेश सरकारलाई स्थायित्व दिने र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकतावद्ध […]