२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री दाहाल मोदीको सपथ समारोहमा जाने

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री दाहालले आगामी शनिबारदेखि गर्ने भारतको दुई दिने  भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । हालै सम्पन्न […]

अर्थ कर्पोरेट समाचार

सेयर बजारमा सामान्य अंकको गिरावट

२४ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । नेप्से परिसूचक १.९३ अंकले घट्दै २०७७.७८ को विन्दुमा रह्यो । ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि बुधबार […]

मुख्‍य समाचार राजनीति समाचार

मनसुनजन्य विपद्सँग जुध्न गृहमन्त्री लामिछानेले खोजे दलहरुको साथ

२४ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्को सामनाका लागि राजनीतिक दलहरुको साथ खोजेका छन् । गृहमन्त्रालयमा बिहीबार राजनीतिक दलहरुसँगको छलफलमा उनले विपद्को समयमा अति जोखिममा पर्ने बस्तीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नका लागि आवश्यक पहल तुरुन्तै गरिने बताए । उनले भने, ‘अति जोखिम भएको स्थानमा बस्ने नागरिकहरुलाई स्थानान्तर गर्ने र त्यसको लागि सेल्टरहरुको […]

मुख्‍य समाचार राजनीति समाचार

भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मुख्‍य समाचार

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

२४ जेठ, काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आईबी एजुकेसन प्रणाली अन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम सञ्चालन गरेर आईबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एक मात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई भव्य समारोह […]

मुख्‍य समाचार

रेफ्री संघ मकवानपुर अध्यक्ष श्रेष्ठको निधन

२४ जेठ, हेटौडा । मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा सक्रिय रेफ्री समेत रहेका अकिललाल श्रेष्ठको हृदयघातका कारण निधन भएको छ । उनी ४० वर्षका थिए । परिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल […]

मुख्‍य समाचार समाज

लोकसेवा आयोगमा चारलाख ८३ हजार बढी आवेदन, सबैभन्दा धेरै मधेसबाट

२४ जेठ, काठमाडौं । लोकसेवा आयोग असार १ गतेलाई आफ्नो ७४औं बार्षिकोत्सव मनाउने तयारी थालेको छ । बार्षिको त्सवका लागि मूल समारोह समिति र चारवटा विभिन्न उप–समिति गठन गरिएको छ । आयोगका सदस्य एवं अतिथि सत्कार तथा प्रचारप्रसार समितिका संयोजक वीरबहादुर राईको संयोजकत्वमा बसेको बैठकले ७४औँ वार्षिको त्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरिसकेको […]

प्रदेस समाचार मुख्‍य समाचार

प्रदेश ३- ०२-००७ प ३८१२ नं.को पल्सर मो.सा.सहित १ महिला र १ पुरुषको शव फेला परे

मिति २०८१/०२/२३ गते अं.१६:३५ बजेको समयमा काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नं.८ केराबारी स्थित भिरमा १ जना महिला र १ जना पुरुषको लाश रहेको भन्ने स्थानियबाट टेलीफोन जानकारी पश्चात इ.प्र.का.फर्पिङबाट घटनास्थल सुरक्षित गरि प्रहरी बृत्त कीर्तिपुर बाट लाशजाँच प्रकृती मुचुल्का लगायतको कार्य पुरा गरि नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी समेतको जनशक्तिको संयुक्त कारवाहीमा सडक […]

खेलकुद मुख्‍य समाचार

टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

२४ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो । ओमानका आयान खानले ३६ रनको पारि खेले । उनले ३० बलमा […]

प्रदेस समाचार मुख्‍य समाचार

एनसेल र नेपाल युवा परिषद्को सहकार्यमा ७७ जिल्लामै वृक्षारोपण गरिने

२४ जेठ,काठमाडौं । ‘राष्ट्रिय वृक्षारोपण दिवस पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण गर्ने भएको छ । एक युवा, एक विरुवा’ अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर वृक्षारोपण गर्न लागेको हो । एनसेलले […]

मुख्‍य समाचार समाज

महानगरपालिका भित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी

२४ जेठ,  काठमाडौं । काठमाडौं महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने१ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक शत्रका लागि१८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०,काठमाडौं महानगरपालिका शिक्षा ऐन […]

खेलकुद मुख्‍य समाचार

आइसीसी टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

२४ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ । समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको युगान्डाले बिहीबार भएको खेलमा भने पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको हो । पीएनजीको भने यो लगातार दोस्रो हार हो । पीएनजीले दिएको ७८ रनको लक्ष्य पूरा गर्नका लागि युगान्डालाई हम्मेहम्मे परेको थियो […]