२७ बैशाख २०८१, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मागे विश्वासको मत

१९ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेट्लले विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले एक ढिक्का भएर अगाडि बढ्न दलहरुलाई आग्रह गरे ।

१४ महिनामा आफ्नो नेतृत्वको सरकारले नीतिगत काम धेरै गरेको भन्दै उनले भने, ‘अहिले पनि प्रदेश र प्रदेश सरकारलाई स्थायित्व दिने र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकतावद्ध भएर अगाडि बढौं ।’

११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको टुप्लुक्क बहुमत देखिन्छ । एमाले (२७), माओवादी केन्द्र (२१) र एकीकृत समाजवादी (७) मिल्दा ५५ सांसद हुन्छ । बहुमतका लागि एक सांसद नपुगेपछि सत्ता गठबन्धनले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएको छ ।

तर आइतबार एकीकृत समाजवादीले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने शर्त राख्यो । नभए विश्वासको मत नदिने बताएपछि शीर्ष नेताहरुले त्यसमा पनि सहमति गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्