११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट ४ मन्त्रीले लिए शपथ

२० चैत, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री जम्कट्टेलले आगामी एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिने बताए ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी भए ।

नवनियुक्त मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं १० (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्