१ चैत्र २०८२, आईतवार
अर्थ मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

३० चैत, खोटाङ । छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ । आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली […]

मुख्‍य समाचार समाज

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

३० चैत, गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन् । रुन्चेत र लुसीकाङवासीको वर्षौँदेखिको समस्या […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीका मुख्‍यमन्त्रीलाई विश्वासको मत लिनुअघि सहमति कार्यान्वयन गर्न दबाव

३० चैत, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनु अगाडि एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मन्त्री बनाउने सहमति कार्यान्वयन गर्न दबाब दिएका छन् । सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने अर्थात एउटा मन्त्रालय दिने सहमति भएको थियो । तर, मुख्यमन्त्रीले सहमति […]

अर्थ मुख्‍य समाचार

बैंकहरूले वैशाख महिनाका लागि घटाए ब्याजदर, दुई बैंकले बढाए

३० चैत, काठमाडौं । वैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार चैतको तुलनामा ब्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा वैशाख […]

खेलकुद मुख्‍य समाचार

एसीसी प्रिमियर कपको उपाधि दाबेदार नेपालले आज मलेसियासँग खेल्दै

३० चैत, काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत […]

मुख्‍य समाचार समाचार समाज

काभ्रेमा बोधिचित्तको रूख काटेर घरको ढोकामा विस्फोटक पदार्थ राखियो,केही व्‍यक्ति नियन्त्रणमा

३० चैत, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५ सिसाखानी भन्ने ठाउँमा अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिदिएको पाइएको छ । गएराति ठकुरानी तामाङको बोधिचित्तको रूख काटिदिएर घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । […]

खेलकुद मुख्‍य समाचार

बेंगलोरमाथि मुम्बईको सानदार जित

एजेन्सी । तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ । १९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक […]

खेलकुद

फाल्डो जुनियर टुर : दोस्रो दिन सदभाव, सिद्धान्त र आइन्स्टिना शीर्षस्थानमा

२९ चैत, काठमाडौं । नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको दोस्रो दिन सदभाव आचार्य, सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डन आ-आफ्नो उमेर समूहमा शीषस्थानमा रहेका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसीप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सदभाव आचार्यले ५-ओभर ७३ को स्कोर दर्ज गरे। समग्रमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकी डलर ठगी मुद्दामा अर्बपति महिलालाई भियतनाममा मृत्युदण्ड

२९ चैत, काठमाडौं । रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ । सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनी रूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा […]

मनोरन्जन मुख्‍य समाचार

इदमा शाहरूख खानको घर अगाडि हजारौंको भीड, छतबाटै दिए शुभकामना

२९ चैत, काठमाडौं । बलिउडका सुपरस्टार नायक शाहरूख खानले इदको अवसरमा आफ्ना फ्यानहरूलाई शुभकामना दिएका छन् । बिहीबार महाराष्ट्रको बान्द्रामा रहेको आफ्नो घर मन्नतबाट उनले आफ्ना फ्यानहरूलाई इदको शुभकामना दिएका हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो हाल्दै भनेका छन्, ‘ सबैमा इद मुबारक। मेरो दिन आज विशेष बनाइ दिनु भएकोमा शुभकामना छ। अल्लाहले माया, […]

मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा २० किलो गाँजासहित वडासदस्य पक्राउ

२९ चैत, जनकपुरधाम । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ बस्ने वर्ष ३२ का कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अंसारी भंगहा नगरपालिका वडा नम्बर ६ का वडासदस्य हुन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल […]

समाचार समाज

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत सम्मानित

२९ चैत, काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । साहित्यिक पत्रकार सङ्घले आज बस्नेतलाई ‘हिमडमरु’को उपाधिसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दै गएकाले समग्र पर्या–पर्यटनमा ठूलो क्षति पुगेको बताए । यसको असर […]