२७ बैशाख २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार

इदमा शाहरूख खानको घर अगाडि हजारौंको भीड, छतबाटै दिए शुभकामना

२९ चैत, काठमाडौं । बलिउडका सुपरस्टार नायक शाहरूख खानले इदको अवसरमा आफ्ना फ्यानहरूलाई शुभकामना दिएका छन् ।

बिहीबार महाराष्ट्रको बान्द्रामा रहेको आफ्नो घर मन्नतबाट उनले आफ्ना फ्यानहरूलाई इदको शुभकामना दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो हाल्दै भनेका छन्, ‘ सबैमा इद मुबारक। मेरो दिन आज विशेष बनाइ दिनु भएकोमा शुभकामना छ। अल्लाहले माया, खुसी र समद्धि दिऊन । मेरो तर्फबाट शुभकामना छ ।’

शाहरुख खान भारतमा मात्रै होइन विदेशमा पनि चर्चित बलिउड हस्ती हुन् । दुनियाँभर मानिसहरू उनको एक झलक पाउन आतुर रहन्छन् । किङ खानसँग रोमान्टिक पोज दिने र उनीसँग काम गर्ने सपना हरेक अभिनेत्रीको हुनछ ।

शाहरुख अभिनयभन्दा धेरै आफ्नो व्यक्तित्वका कारण चर्चामा रहने गरेका छन् । अभिनेताले ३० वर्षभन्दा बढी समयदेखि बलिउडका ‘किङ खान’को रूपमा शासन गरिरहेका छन् ।

तर उनले अहिलेसम्म कुनै हलिउड फिल्ममा काम गरेका छैनन् । उनको स्टारडम भारतमा जस्तो छ सात समुन्द्र पार पनि त्यस्तै छ । यति चर्चित भएर पनि उनले अहिलेसम्म किन हलिउडका फिल्म खेलेनन् भन्ने प्रश्न बेला बेलामा उठ्ने गरेको छ । हालै एउटा अन्तरवार्तामा उनले हलिउडमा काम किन नगरेको भन्ने प्रश्नको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्