२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाज

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

३१ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए । विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए । […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरण प्रारम्भ

३१ जेठ, कञ्चनपुर । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ प्राविधिकहरूको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

३१ जेठ, म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो । कक्षा १० का २५ जना विद्यार्थीलाई सात दिनसम्म रङ लगाउने तालिम दिइएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताए । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

३१ जेठ, बागलुङ । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा […]

मनोरन्जन मुख्‍य समाचार

आफ्नो नामको प्रयोग चलचित्रमा गरेको भन्दै बलिउड निर्माता करण जोहर दर्ता गराए मुद्दा

३१ जेठ, काठमाडौं । बलिउड निर्माता तथा निर्देशक करण जोहरले शुक्रबारबाट रिलिज हुने फिल्म ‘शादी के डायरेक्टर करण और जोहर’का निर्माताविरुद्ध बम्बई हाई कोर्टमा मुद्धा दर्ता गरेका छन् । उनले फिल्मको नाममा आफ्नो नामको प्रयोग भएकाले त्यसलाई रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याएका हुन् । उनले मुद्धाको टुंगो नलागुञ्जेलसम्म फिल्म रिलिज रोक्न पनि माग गरेका […]

अन्तर्वार्ता मुख्‍य समाचार

‘सांसदको संख्या धेरै भयो, निर्वाचन प्रणाली बदल्नुपर्छ’

३१ जेठ, काठमाडौँ ।  ठूला दल मिलेर ढुक्कले पाँचै वर्ष सरकार चलाऔँ भन्ने कुरा एउटा हो । तर गहिरोरुपमा हेर्ने हो भने समग्र संरचना नै फेर्नुपर्ने स्थिति छ । प्रहरीको सीआईबी, अख्तियार र कर्मचारी को बढी शक्तिशाली भन्ने प्रतिस्पर्धाले राजनीति गिजोलिरहेको छ । न्यायालय त अहिले सुप्रिम अथोरिटीजस्तो भइसक्यो । नेपाली कांग्रेसका पुराना नेता पूर्वमन्त्री […]

मुख्‍य समाचार समाचार समाज

आज पनि कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

३१ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले बिहानको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली […]

अर्थ मुख्‍य समाचार

बढ्यो पाउण्ड र युरोको भाउ

३१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री […]

खेलकुद मुख्‍य समाचार

फ्लोरिडामा अत्याधिक वर्षा, नेपाली टिम वेस्टइन्डिज जान पाएन

३१ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए । समूह चरणका २ खेल खेल्नका लागि नेपाली टिम बुधबार वेस्टइन्डिज प्रस्थान गर्ने तालिका रहेको थियो । नेपालले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

बाइडेन जी सेभेनका लागि इटालीमा, युक्रेनलाई दीर्घकालीन सहयोग गर्ने

३१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन जी–७ शिखर सम्मेलनमा भाग लिन बुधबार इटाली पुगेका छन् । सम्मेलनको क्रममा उनले युक्रेनसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नेछन् । सो अवसरमा अमेरिकाले युक्रेनलाई दीर्घकालीन सहयोगको प्रतिवद्धता जनाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा भेट्ने र त्यसपछि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार : संयुक्त राष्ट्रसंघ

३१ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो प्रारम्भिक अनुसन्धानमा इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार रहेको बताएको छ । इजरायलको कारबाहीले सर्वसाधारणको ज्यान जानुलाई मानवता विरुद्ध भएको टिप्पणी राष्ट्रसंघको छ । राष्ट्रसंघले दुईवटा समानान्तर प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालेको हो । जसमा पहिलो रिपोर्ट अक्टोबर ७ मा हमासले गरेको हमलाको बारेमा थियो भने […]

खेलकुद मुख्‍य समाचार

अमेरिकालाई हराउँदै भारत सुपर आठमा, पाकिस्तानको विश्वकप यात्रा कायमै

३१ जेठ , काठमाडौं । आईसीसी पुरुष टी २० विश्वकपमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै सुपर ८ मा स्थान सुरक्षित गरेको छ । जारी विश्वकपमा भारतको यो लगातार तेस्रो जित हो । टस हारेर पहिले ब्याटिङ गरेको  अमेरिकाले खास सुरुवात गर्न सकेन र पावरप्लेमा २ महत्वपूर्ण विकेट गुमाएर १८ रन मात्र बनाएको थियो । […]