२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखरामा पृथ्वीराजमार्ग भासियो, सवारी एकतर्फी

१२ असार, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सडक […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाँकेमा वनक्षेत्रमा बनाइएका घरटहरा हटाइए

१२ असार, बाँके । डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ । नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा अतिक्रमित वनक्षेत्रमा निर्मित घरटहरा हटाइएका हुन् । डिभिजनल वन कार्यालयका अधिकृत अजीतकुमार कर्णका अनुसार, राप्ती सोनारी–७ मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वनक्षेत्र अतिक्रमण गरी […]

मुख्‍य समाचार राजनीति

स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ

१२ असार , काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिई स्वदेश फिर्ता भएका छन् । इरानको तेहरानमा सोमबार सम्पन्न बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन् । बुधबार स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले छलफलमा बहुपक्षीय एवं कुटनीतिमार्फत नेपालको […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

विराटनगरका बस्ती जलमग्न

१२ असार, विराटनगर । भारी वर्षाले मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । त्यहाँका घरमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ । विराटनगर १२ को सम्पन्न बस्तीसहित विभिन्न क्षेत्र डुवानमा परेको वडा अध्यक्ष हिरालाल कामतले […]

प्रवास मुख्‍य समाचार

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री

१२ असार, पोर्चुगल । प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईँ, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यमा यज्ञप्रसाद […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

१२ असार, म्याग्दी । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो । गत […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

१२ असार, कास्की । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी […]

मुख्‍य समाचार समाचार समाज

लमजुङ पहिरो अपडेट : बेपत्ता वृद्धको शव भेटियो

१२ असार, लमजुङ । लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना […]

खेलकुद मुख्‍य समाचार

युरो कप : समूह सीका दुवै खेल बराबरीमा सकिए, सर्विया प्रतियोगिताबाटै बाहिरियो

१२ असार ,काठमाडौं । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् । गोलरहित बराबरीमा सबै टिमले एक एक अंक जोडेका थिए । इंग्ल्याण्ड ५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १५ मा प्रवेश गरेको छ […]

मुख्‍य समाचार राजनीति

राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएका छौं : नेपाल

१२ असार, काठमाडौं । (नेकपा) एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएको  दाबी गरेका छन् । मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको सांस्कृतिक साँझ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा एक्लै भएपनि अगाडि बढ्ने आँट गरेको बताएका हुन् । उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस–‘जीवन बचाऔँ’

१२ असार, काठमाडौं । आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन लागिएको हो । यो दिवस मनाउनुको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको […]