२५ श्रावण २०८३, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

दिल्ली अन्तः शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ

१२ असार, दिल्ली । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाट पक्राउ गरेको छ । न्यायाधीशले आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक केजरीवाललाई अदालतमा सोधपुछ गर्न अनुमति दिएपछि सीबीआईले उनलाई पक्राउ गरेको हो । अदालतले सीबीआईलाई उहाँको गिरफ्तारीका लागि सीबीआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ । अदालतले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु

१२ असार, लमजुङ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले राससलाई बताए । […]

मुख्‍य समाचार राजनीति

लागु औषध दुव्र्यसनी विरुद्ध लड्न सरकार कसैसँग पनि भिक नमाग्ने नीति दिन्छ : मन्त्री यादव 

१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले लागु औषध दुरुपयोग तथा ओसार पसार रोक्नको लागि सरकारले तत्काल कार्यविधि बनाउने बताएका छन् । उनले दुव्र्यसनिविरुद्ध लड्न सरकार सक्षम भएको जिकिर गरे । बुधबार लागु औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालयद्वारा आयोजित मूल समारोहमा यादवले गृहमन्त्रालयसँग समन्वय गरेर लागु औषधको दुरुपयोगलाई […]

मुख्‍य समाचार राजनीति

मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँछौं : गृहमन्त्री लामिछाने

१२ असार , काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले, मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा मन्त्रालयले ताला लगाउँने बताएका छन् । बुधबार काठमाडौंमा आसरा सुधार केन्द्रले लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले उपचार गर्ने नाममा महंगा होटेल चलाएको जस्तो गरेर मापदण्ड पूरा नगरि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

सही कर्म गरी जीवन सार्थक तुल्याउन आग्रह

१२ असार, काठमाडौँ । भारतकी प्रसिद्ध नारीरत्न राजेश्वरी मोदी (राजदिदी) ले जीवन र त्यससँग सम्बन्धित अध्यात्मिक पक्षका बारेमा उजागर गरेका छन् । नारायण रेकी सत्सङ्ग परिवार मुम्बईको भ्रातृ संस्थाका रूपमा स्थापित नारायण रेकी सत्सङ्ग परिवार काठमाडौँको आयोजनामा भएको ‘जिन्दगीभर सुखी रहने मन्त्र’विषयक कार्यक्रममा उहाँले मानिसले आफ्नो जिन्दगीमा उसले गरेको कर्मको फल भोग्ने हुँदा सही कर्म […]

मुख्‍य समाचार राजनीति

नागरिकहरुको बाहुल्यता भएका देशहरुमा अनलाइनबाट मतदानको व्यवस्था गरौं

१२ असार ,काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपाली नागरिकहरुको बाहुल्यता भएका देशहरुमा अनलाइनबाट मतदानको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित एकीकृत मस्यौदा ऐनको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभामुख घिमिरेले विदेशमा रहेका नेपालीहरुको मतदानको सुनिश्चितताका लागि गर्न अनलाइन भोटिङको प्रबन्ध गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘एनआरएनएसँग राजनीति र प्रशासनिक सम्बन्ध […]

मुख्‍य समाचार राजनीति

 थेरापिस्ट र काउन्सिलरहरुको लागि लाइसेन्सको व्यवस्था गर्दै छौं : मन्त्री श्रेष्ठ

१२ असार, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले थेरापिस्ट र काउन्सिलरहरुको लागि मन्त्रालयले लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताएकी छन् । दुव्र्यसनिमा फसेकाहरुको मानसिक स्वास्थ्यको उपचारमा संलग्न हेल्थ काउन्सिलर तथा थेरापिस्टहरुको लागि सामाजिक र पारिवारिक सहयोग प्रणालीको विकास गर्न आवश्यक रहेको औंल्याउँदै मन्त्री श्रेष्ठले नेपाल हेल्थ प्रोफेशनल काउन्सिलसँगको सहकार्यमा थेरापिस्ट र काउन्सिललाई […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

१२ असार, डुम्रे । बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो । जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते

१२ असार, कैलाली । कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए । उनका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार विचार समाचार समाज

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

 १२ असार, झापा । झापाको हल्दीबारी गाउँपालिका–१ का मनिस गुरुङलाई आजभन्दा आठ वर्ष पहिले धुम्रपानको स्वाद कस्तो हुन्छ भन्नेसम्म थाहा थिएन । उनको घरमा धुम्रपान सेवन गर्ने कोही नभए पनि घरबाहिर विद्यालय छरछिमेकमा अरूले खाएको देख्थे । आफूभन्दा एक–दुई वर्षमाथिका साथीभाइहरुले चुरोट तानेको देख्दा उनलाई पनि चुरोटको स्वाद लिने मन लग्न थाल्यो । सुरुमा चुरोट […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तीन सन्तानकी आमा रेनु, छोरीसँगै विद्यालय जान्छिन्

१२ असार, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ फूलबारीकी रेनुका भुसाल भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत छिन् । एकचालीस वर्षीया उनी चापाकोट–९ स्थित गङ्गालाल माविमा अध्ययनरत छिन् । उनले भने,“१४ वर्षमा विवाह भएपछि अध्ययन गर्न पाइन । भित्रभित्रै पढ्ने एकदम इच्छा थियो, पढ्ने उमेरमा विवाह भयो , पढ्ने चाहना भएर पनि पढ्न सक्ने अवस्था भएन, […]

मुख्‍य समाचार समाचार समाज

कैदकट्टाका लागि छ सय बीस जनाको सिफारिस

१२ असार, काठमाडौँ । कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध गरेको छ । यस वर्ष छ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको हो । उक्त प्रयोजनका लागि कैदकट्टा नियमावली, २०७६ को नियम ६(३) मा भएको व्यवस्था बमोजिम उल्लेखित कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने सम्बन्धमा कुनै उजुरी तथा […]