आर्थिक विधेयकमाथि छलफलः राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड
११ असार, काठमाडौँ । सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सुझाव दिए । सांसद जीवन परिवारले आर्थिक विधेयकमा करका दायरा बढाउन भन्दा दर हेरफेरमा मात्रै ध्यान दिइइएकाले राजस्व चुहावटलाई ध्यान दिन आग्रह गरे […]









