२ चैत्र २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार

सिराहामा नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

२० वैशाख, सिराहा । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । स्थानीय रमेशकुमार यादवको करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई वैशाख १४ मा घरबाट […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु

२० वैशाख, पर्वत । लामो समयदेखिको खडेरीका कारण मुहान सुकेपछि पर्वत सदरमुकाम कुश्माबजारमा खानेपानीको अभाव भएको छ । नियमित आउने स्रोतमा पानीको मात्रा घट्दै गएपछि मङ्गलबारदेखि खानेपानीको ‘लोडसेडिङ’ सुरु भएको छ । बजार क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्दै आएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मङ्गलबारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि लोडसेडिङ सुरु गरेको हो । प्रत्येक […]

खेलकुद मुख्‍य समाचार

नेपाललाई वेष्टइण्डिज ए ले दियो २१० रनको लक्ष्य

२० वैशाख, काठमाडौं – वेष्टइण्डिज ए ले चौथो टी२० खेलमा घरेलु टोली नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो । आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन […]

मुख्‍य समाचार सूचना प्रविधि

सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार

२० वैशाख, काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो । सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४बाट शैलेन्द्र गिरीलाई […]

मुख्‍य समाचार समाज

सोलुखुम्बुमा डढेलोले १० घर जले, दर्जनौँ पशुचौपाया हताहत

२० वैशाख, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र […]

मुख्‍य समाचार समाज

खोटाङमा बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने

२० वैशाख, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ । सङ्घीय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मै बुवाँखोला लिफ्टिङ खानेपानी आयोजनालाई रातो किताबमा समेटेको थियो । तर, आयोजना सुनिश्चित भएको दुई वर्षपछिमात्रै लिफ्टिङ खानेपानी आयोजनाको सर्वेक्षण तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाइएको हो । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा

२० वैशाख, बागलुङ । बागलुङ नगरपालिकाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयको तह मिलान गरेको छ । नगरपालिकाले यस वर्ष ३५ विद्यालयको तह मिलान तथा स्थगन गरेको हो । पछिल्लो समय गाउँका विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम छ । यस शैक्षिकसत्रमा ३३ विद्यालयको तह मिलान र दुई विद्यालय स्थगन गरेको हो । तह […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

२० वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा […]

मुख्‍य समाचार समाचार

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

२० वैशाख, काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको […]

मुख्‍य समाचार समाचार

ठोरी भन्सार सञ्चालनमा

२० वैशाख, चितवन । माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । एक समारोहका बीच प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरी भन्सार सञ्चालनमा ल्याएका हुन्। त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने […]

मुख्‍य समाचार राजनीति

जोखिम नमोली परिणाम प्राप्त हुँदैनः अर्थमन्त्री पुन

२० वैशाख, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताएका छन् । मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग बजेटका सन्दर्भमा सुझाव लिनुभएको उनको सचिवालयले जनाएको छ । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुनसक्ने बजेट ल्याउन […]

अन्तर्राष्ट्रिय समाचार

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

२० बैशाख, चिनियाँ । राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार र विपद् राहतकार्यका लागि निर्देशन दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सिले घटनास्थलमा उद्धार, घाइतेको उपचार र त्यसपछिको अवस्थालाई व्यवस्थापन गर्न सबै प्रयास गर्न निर्देशन दिए । सो प्रान्तको मेझोउ शहरको […]