२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठक : राहत तथा उद्धारका काममा तीव्रता दिन माग

१३ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन् । बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले मनसुन सुरु भइसकेको अवस्थामा बाढी, पहिरो, डुबान, चट्याङलगायत […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सहज बन्दै बेनीका सडक

१३ असार, म्याग्दी । बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुल्नुभएको छैन् ।“घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो । हिजोआज जम्रेनीबाट १० मिनेटमै बेनी पुगिन्छ,”उनले भने “विसं २०५८ तिर खनेको सडकमा २०६५ देखि गाडी चल्न थालेका थिए । गाडी चढेर […]

मुख्‍य समाचार समाचार समाज

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

१३ असार, काठमाडौँ । मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते)सम्ममा भएका विपद्बाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । मनसुन भित्रिएको जेठ २८ देखि असार १२ […]

मुख्‍य समाचार राजनीति

मन्त्रीले सांसद पर्खनुपर्दा …

१३ असार, काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो । बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने ठिक समय (बिहान ७ : ३०) बजे समितिको सभाकक्ष, सिंहदरबारमा उपस्थित भएका थिए । निर्धारित समयमा २४ सदस्यीय समितिका सभापति अम्बरबहादुर थापासहित […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार

धवलागिरि आइफल पदमार्ग निर्माणमा तीव्रता

१३ असार, म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजीकको जङ्गलमा बास बस्नुहुन्छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेतसहित करिब ३० जनाको टोली दुई महिनादेखि जङ्गलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धवलागिरि आइसफल ट्रेकमा दुई वर्षदेखि पदमार्ग निर्माण भइरहेको छ । पर्यटन […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

१३ असार, कालीकोट । कालिकोटको दुर्गम भेगमा रहेका दुई स्वास्थ्यचौकीमा प्रसूति गृहका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । वान हर्ट वल्डवाइड र भिडिसेफ नेपाल कालीकोटको आर्थिक सहयोगमा  पचालझरना गाउँपालिका–७ स्थित नानीकोट स्वास्थ्यचौकी र पलाता गाउँपालिका–२ स्थित धौलागोह स्वास्थ्यचौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो । भिडिसेफ नेपालका अध्यक्ष कल्पना रावलले बेबी वारमेर सेट, इमर्जेन्सी ट्वाइलेट, […]

मुख्‍य समाचार समाचार

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

१३ असार ,तनहुँ : मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ । […]

मुख्‍य समाचार समाज

खोला किनारमा मत्ता हात्ती मृत भेटियो

१३ असार ,झापा, : मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो । स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त […]

खेलकुद मुख्‍य समाचार

टी–२० विश्वकपको इतिहासमा चार पटक आमने सामने भएका भारत र इंग्ल्याण्ड आज फाइनलको लागि प्रतिस्पर्धा गर्दै 

१३ असार ,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग […]

खेलकुद मुख्‍य समाचार

अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

  १३ असार , काठमाडौँ : अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ । ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिणअफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिणअफ्रिकाले […]

मुख्‍य समाचार राजनीति

रिङरोड विस्तारको कार्यलाई छिटो सम्पन्न गराउन कांग्रेस नेता पौडेलले दबाब यात्रा गर्ने 

१३ असार ,काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्। उनले रिङरोडको विस्तारकार्य ढिलाई भैरहेकोले पटक पटक सरोकारवालाको ध्यानाकर्ष गराउँदा समेत कामले गति नलिएको र वेवास्ता गरिएको भन्दै यही असार १५ गते दबाब यात्रा गर्ने बताएका छन् । काठमाडौंको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा […]

मुख्‍य समाचार समाज

भूक्षय रोक्न एक लाख ६० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

१३ असार, नवलपरासी । हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो । डिभिजन […]