२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार

एसइई नतिजा : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, गणितमा बढी अनुत्तीर्ण

१३ असार ,भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण […]

खेलकुद मुख्‍य समाचार

बुद्धवीर र धर्मलाई स्वर्ण

१३ असार ,काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते । गीतकार समेत रहेका उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्डमा पूरा गरे । सोही दूरीको ५० वर्षमाथि धर्मले १७ […]

मुख्‍य समाचार राजनीति

अहिलेको व्यवस्थाप्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान छ’

१३ असार ,काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले,अहिलेको व्यवस्थाप्राप्तीको लागिसाहित्यिकपत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल साहित्यिकपत्रकार संघको स्थापनादिवस तथा सम्मानकार्यक्रमलाई सम्बोधनगर्दै मन्त्रीशर्माले, वर्तमानव्यवस्थाप्राप्तिकालागि राजनीतिक क्षेत्रको मात्रनभइ साहित्यिक क्षेत्रको पनिउत्तिकै योगदान रहेको बताएकीहुन् । उनले भनिन्,‘समाजलाई बदल्ने समाज रुपान्तरण गर्ने र राजनीतिलाईबदल्ने कुरामापनि यो क्षेत्रले महत्वपूर्ण भूमिकानिर्वाह गरेको छ । अहिले […]

मुख्‍य समाचार राजनीति

यो साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घट्यो

१३ असार ,काठमाडौँ : पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ । गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो । यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको […]

मुख्‍य समाचार राजनीति

सङ्घीय संसद्का संयुक्त र विषयगत समितिमा सांसदहरू हेरफेर

१३ असार काठमाडौँ ; प्रतिनिधिसभाको आजको बैठकले सङ्घीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको स्थानमा डा स्वर्णिम वाग्लेको नाम हेरफेर गर्न सभामुख देवराज […]

मुख्‍य समाचार समाज

राष्ट्रियसभा बैठकः छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड

१३असार ,काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड दिएको छ । आज बसेको बैठकमा सांसदहरुले छाउपडी प्रथाका कारण किशोरीको सुरक्षा हुने नसके भन्दै यो प्रथा अन्त्यका लागि राज्यले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो । सांसद सुरेशकुमार आलेमगरले केही दिन अगाडि अछाममा छाउपडीमा राखिएकी किशोरीमाथि भएको बलत्कारको घटनाप्रति […]

मुख्‍य समाचार

एसईई नतिजा ः कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

१३ असार ,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् । ननग्रेड हुने छात्रको संख्या १ लाख १४ हजार ४८ छ भने छात्राको […]

मुख्‍य समाचार समाज स्वास्थ्य

डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा

१३ असार,काठमाडौँ : काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ । नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार […]

मुख्‍य समाचार राजनीति

पथलैया–हेटौँडा सडक एक साताभित्र तयार हुँदै

१३ असार ,वीरगञ्ज पर्सा : पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा बैठक : आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग

१३ असार , काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने […]

मुख्‍य समाचार राजनीति

सम्बन्धी ऐन पुस्तकालय निर्माणमा पहल गर्छु : कानूनमन्त्री गिरी

१३ असार ,काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिले पुस्तकालय सम्बन्धी ऐन निर्माणमा पहल गर्ने बताएका छन् । आज सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको प्रथम बागमती प्रदेश सम्मेलनमा सहभागी उनले ऐन अभावमा पुस्तकालयहरु नियमावली र निर्देशिकाबाट चलिरहेको भन्दै ऐन निर्माणको पहल गर्ने बताए । उनले भने, ‘अहिले पनि पुस्तकालयहरु एउटा एनजिओ सरह दर्ता […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठक : समयमै मल उपलब्ध गराउन र सडक निर्माण गर्न सांसदहरुको आग्रह

१३ असार ,काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन तथा विभिन्न सडक निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद विद्या भट्टराईले अछामको छाउगोठमा किशोरी बलात्कृत भएकी, ललितपुरमा धारामा पानी लिन जाँदा महिलामाथिको हिंसा र पोखराका स्पाहरूमा नाबालिकाको प्रयोगजस्ता घटनाका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही र […]