७ जेष्ठ २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार

नेपाललाई वेष्टइण्डिज ए ले दियो २१० रनको लक्ष्य

२० वैशाख, काठमाडौं – वेष्टइण्डिज ए ले चौथो टी२० खेलमा घरेलु टोली नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । जोनसन चाल्र्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए ।

उनले तेस्रो खेलमा ११९ रनको शतकीय इनिङ खेलेका थिए । ओपनर एलिक एथानाजेलाई प्रतिश जि.सीले ५ रनमा आउट गरेका थिए । त्यसपछि जोनसन चाल्र्स र आन्द्रे फ्लेचरले ९२ रनको साझेदारी गरेका थिए ।

चाल्र्स कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । त्यसपछि आएका केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए । प्रतिश जि.सीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्