२ चैत्र २०८२, सोमबार
अर्थ मुख्‍य समाचार समाचार

गोरखकाली रबर उद्योग सञ्चालनको माग

२१ वैशाख, गण्डकी । नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो । सरकारको नीति तथा कार्यक्रममा समावेश भएपनि […]

मुख्‍य समाचार समाचार समाज

डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

२१ वैशाख, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उनलाई भ्रमणमा निस्कन मन लागेन । विदेश जान मरिहत्ते गर्नेहरु धेरै छन् यहाँ तर उहाँको डढेलो बढेसँगै मन पनि अत्तालिरहेको छ । डढेलोको विषयमा बुझ्न सञ्चारकर्मीको फोनको घण्टीले उनलाई एकैछिन फुर्सदै हुँदैन […]

मुख्‍य समाचार समाचार

श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्छ : शान्ति समाज

२१ वैशाख, काठमाडौँ । श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ । यसैगरी सञ्चार जगत् राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको हो । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

२१ वैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको छ । वर्षायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नाला सफाइ गर्न थालिएको हो । विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाइ गर्ने गरिए पनि गत वर्षदेखि भने वर्षायामअगावै आमरुपमा सबै नाला सफाइ गर्न थालिएको छ । मुख्य […]

मुख्‍य समाचार राजनीति

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ : प्रधानमन्त्री

२१ बैशाख , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमाआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास […]

मुख्‍य समाचार राजनीति विचार

देउवा भन्छन् ः पार्टीमा आकर्षण बढाउन खेलकुदमा लाग्नुहोस

२१ बैशाख , काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा विकास गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम उनले देशमा अहिले युवा पुस्तामा खेलतर्फ अत्यन्तै आकर्षण बढेको भन्दै सबै नेपालीलाई खेलक्षेत्रमा लाग्न पनि आग्रह गरे । उनले भने,‘नेपाल खेलकुदमा धेरै अगाडि […]

अर्थ मुख्‍य समाचार

इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता

२१ बैशाख , काठमाडौं । कर बक्यौता विवादले नेपालको इन्टरनेट सेवा विहीबार ४ बजेपछि शुक्रबार रातिसम्म अवरुद्ध हुँदा लाखौं नेपाली सेवाबाट बन्चित भए । वर्ल्ड लिंक, सुबिसु, भायानेट सहितका इन्टरनेट सेवा प्रदायकहरुले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको र समस्या समाधान गर्ने प्रयास जारी रहेको बताइरहँदा इन्टरनेटका माध्यमबाट कारोबार गरिरहेका व्यवसायीहरु मारमा परे । अन्तर्राष्ट्रिय […]

मुख्‍य समाचार विचार

विश्व प्रेस स्वतन्त्रता दिवस- वातावरण संरक्षणका लागि आवश्यक छ ‘प्रेस स्वतन्त्रता’

२१ वैशाख, काठमाडौँ विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का छेउछाउका दिनमा यसै दिवससँग सम्बन्धित कार्यक्रमको आयोजना गर्ने गरिन्छ । स्वभाविक रुपमा नेपाल पनि अपवाद छैन । नेपालमा पनि पछिल्ला वर्षहरुमा यो दिवस मनाउन थालिएको छ […]

अर्थ मुख्‍य समाचार

सुनको मूल्यमा भारी गिरावट

२१ वैशाख, काठमाडौँ ।स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । यस्तै, तेजाबी सुन बिहीबार […]

अन्तर्वार्ता मुख्‍य समाचार विचार

भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ

२१ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले छोटो अवधिमा सरकार परिवर्तन भइरहने प्रवृत्तिले जनतामा निराशा छाउनेमात्र नभई विकास र समृद्धिमा अवरोध गरेकाले त्यो प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए । पूर्वमन्त्री गुरुङले भने, “व्यवस्था परिवर्तन हुँदा […]

मुख्‍य समाचार समाचार

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

२१ वैशाख, काठमाडौँ । नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन्। अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ । महासङ्घको २७औँ अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु […]

मुख्‍य समाचार समाचार

भिक्षु धर्ममूर्तिको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती समिति गठन

२१ वैशाख, काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन भएको छ । आगामी जेठ १० गते बुद्ध जयन्तीका दिन स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा मेलालाई व्यवस्थित र भक्तजनलाई सहज बनाउन समिति गठन गरिएको हो । उक्त समितिमा पुरातत्व विभाग, काठमाडौँ […]