२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

नारायणगढ–मुग्लिन सडकमा ४ पुल धमाधम बन्दै

२७ वैशाख, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

२७ वैशाख, तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन् । कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय […]

मुख्‍य समाचार समाचार समाज

एकैसाथ ५१९ जना इन्सपेक्टरहरूको सरुवा,को कहाँ पुगे?

२७ वैशाख , काठमाडौं । नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जनाइन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा गर्ने निणर्य गरेका हुन् । सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् भने जेठ महिनाबाट सबैले तलब र […]

कोशी प्रदेस समाचार राजनीति

कोशीका मुख्यमन्त्री केदार कार्की पदमुक्त, नयाँ सरकार गठनका लागि आह्वान

२७ वैशाख ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन् । कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन् । सरकार गठनका लागि खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत् प्रदेशसभाका […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२७ वैशाख ,काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए । बैठकले बजेट अधिवेशनमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे निर्णय गर्नेछ । बैठकमा सबै सांसदहरूलाई […]

खेलकुद मुख्‍य समाचार समाचार

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

२७ वैशाख ,काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सकिएको खेलमा रियलले जर्मन क्लब बार्यन म्युनिखलाई दोस्रो लेगमा २–१ को अन्तरले पछि पार्दै समग्रमा ४–३ अंकका साथ फाइनलमा स्थान बनाएको हो । दुई बीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा बार्यनले एक […]

खेलकुद मुख्‍य समाचार समाचार

आइपीएल क्रिकेटमा हैदरावादले रच्यो इतिहास

२७ वैशाख , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ । वुधबार राति भएको खेलमा हैदरावादले लखनऊ सुपर जायन्टसले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो । जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ । रनरेटमा पनि सुधार […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२७ वैशाख , काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारबिहीबारअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो । त्यस्तै, आज युरो […]

मुख्‍य समाचार समाचार समाज

आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२७ वैशाख, काठमाडौं । आज पनिदेशभरको मौसममा आंशिक देखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली […]

मुख्‍य समाचार राजनीति

कोशीमा २ दिनभित्र नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

२६ वैशाख, काठमाडौं । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको  मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा […]

अर्थ मुख्‍य समाचार समाचार

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

२६ वैशाख, कमलामाई । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना […]

मुख्‍य समाचार

कलंकीबाट बेपत्ता विद्यार्थी ७ दिनपछि पशुपतिमा भेटिइन्

२६ वैशाख, काठमाडौं । कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । ‘यत्तिका दिन उहाँ कहाँ हुनुहुन्थ्यो, कस्तो अवस्थामा हुनुहुन्थ्यो भन्ने विषयमा अहिले […]