२५ श्रावण २०८३, सोमबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा सेती नदीमा बाढीः ६० परिवार सुरक्षित स्थानमा

२३ असार, बैतडी । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, “सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोर ठप्प

२३ असार, बागलुङ । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै

२३ असार , काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कोशी ब्यारेजका ४१ ढोका खोलिए

२३ असार, सुनसरी । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

२३ असार , काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार पार्टी सभापति शेर वहादुर देउवाको सभापतित्वमा बसेको कांग्रेस संसदीय दलको बैठकले मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग भएकाले उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा […]

मुख्‍य समाचार समाचार समाज

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

२३ असार, सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध

२३ असार, सुर्खेत । मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन । यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेवासमेत ठप्प छ । निरन्तर पानी परेपछि मुगुका लागि बाँकेको नेपालगञ्जबाट […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले संसदीय दलको बैठक बस्दै

२३ असार , काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । गत सोमबार भएको एमाले र कांग्रेसको सत्ता सहकार्यबारे सांसदहरुलाई जानकारी दिन बस्ने बैठक बिहान १० बजेका लागि बोलाइएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउने पार्टीका प्रमुख […]

मुख्‍य समाचार समाचार समाज

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

२३ असार, नवलपरासी । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

२३ असार , काठमाडौं । कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आइतबार विहान भएको खेलमा पानामामाथि ५–० गोलको एकतर्फी जित निकाल्दै कोलम्बियाले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफमा ३ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । जोन एन्ड्रेस क्रोडोबाले आठौं मिनेटमा गोल […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँमा पहिरोमा पुरिएकी महिलाको शव भेटियो, २ जनाको खोजी गरिँदै

२३ असार, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो । पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

युरोकप २०२४ को सेमिफाइनल समिकरण पुरा

२३ असार , काठमाडौं । इंग्ल्याण्ड जारी युरोकप २०२४को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । ७५ औं मिनेटमा […]