२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार विचार

युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौ : मन्त्री अर्याल

२१ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरि काम गरिरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम्म सुरक्षित रोजगारीका लागि अभिमुखिकरण तालिमको प्रबन्ध गरिएको बताएका हुन् । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सहरमा बास, गाउँकै खान्कीमा चाख

२१ असार, म्याग्दी । भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आउनुभएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन । पोखरा पठाउन गाउँबाट ल्याएको अर्गानिक उत्पादनको पोको देवीस्थानबाट दरबाङ आएको बोलेरो जिपबाट निकाल्दै गर्दा दरबाङ बसपार्कमा भेटिनुभएकी बूढाकी आफन्त पर्ने ४२ वर्षीया लालकुमारी बूढाले भने, […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

‘मुक्तकम्लरीलाई समाजमा स्थापित गर्न उचित पहल आवश्यक’

२१ असार, तुलसीपुर । मुक्तकम्लरीले मुक्तिको घोषणा गरिए पनि समाजमा स्थापित हुननसकेको गुनासो गरेका छन् । न्यायोचित पुनःस्थापना गर्न सरकारले पर्याप्त ध्यान नदिएका कारण आफूहरू घरेलु हिंसामा पर्न थालेको उनीहरुको गुनासो छ । मुक्तकम्लरी सुलोचना चौधरीले सरकार र सरोकार भएकाहरूले न्यायिक पुनःस्थापनाका लागि उचित पहल गर्नुपर्ने आवश्यकता औँल्याए । “मुक्त भए पनि हामीलाई शिक्षा र […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आकाशे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो

२१ असार, बैतडी । केही दिनदेखि भइरहेको वर्षासँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । आकासे पानीमा निर्भर यहाँका किसान वर्षासँगै रोपाइँ गर्ने चटारो भएको हो । दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले सिचाइँ सुविधाको अभावमा आकासे पानीको भर पर्ने यहाँका किसान धमाधम रोपाइँ गर्न लागेका बताए । उनले भने, “सिँचाइ सुविधा नभएर आकासे पानीको भरमा थियौँ, वर्षा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन

२१ असार, तनहुँ । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो । किसानको मागअनुसार राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीलगायत डाँलेघाँसका साथै अन्य विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी […]

अर्थ मुख्‍य समाचार समाज

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो

२१ असार, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोवार भएको सुन शुक्रबार १ सय  रूपैयाँले बढेर १ लाख ४४ हजार ४ सय  रूपैयाँमा कारोवार भइरहेको  छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा […]

अर्थ मुख्‍य समाचार राजनीति

राष्ट्रिय सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिँदै

२१ असार, काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरू भएको छ ।  बैठक बिहान ११ः१५ बजे संघीय संसद् भवनमा सुरू भएको हो ।  आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ […]

अर्थ समाज

आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्दैछौं : अर्थमन्त्री

२१ असार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपालको कृषिको रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको उल्लेख गर्दै त्यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्ने विश्वास […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मादीमा ‘चारलेन’पुल धमाधम निर्माण हुँदै

२१ असार, तनहुँ । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ३० प्रतिशत सकिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले तीन सय १५ मिटर लामो पुल […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती

२१ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ । दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ । निकुञ्जमा संरक्षण गर्नुपर्ने गोही, बाघ, घाइते गैँडालगायत वन्यजन्तुको पालनपोषणमा कम बजेट विनियोजन गरिएपछि समस्या देखिएको हो । […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तिलाको रारामा ‘स्टिल ट्रस’निर्माण अन्तिम चरणमा

२० असार, जुम्ला । यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि निर्माणाधीन मोटरेबल ‘स्टिल ट्रस’को काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माण नहँुदा सो गाउँपालिका–६, ७, ८ र ९ सडक सञ्जालमा जोडिएका थिएनन् । पुल निर्माणपछि सो वडाहरू सवारीसाधनको पहुँचमा पुग्ने भएका छन् । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । अब पुल सञ्चालनमा […]

मुख्‍य समाचार समाचार समाज

सुनसरीमा आँप उत्पादन घट्यो

२१ असार,सुनसरी । जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । उनले भने, “कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो […]