२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाज

बलान नदीमा फसेका ६ किसानको उद्धार

२३ असार , राजविराज सप्तरी। सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । दुई दिनदेखि […]

मुख्‍य समाचार समाचार समाज

मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द

२३ असार , बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देव चौधरीले जानकारी दिए । वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् । कोल्टी […]

मुख्‍य समाचार समाचार समाज

राप्तीमा बेपत्ता दुईजनाको शव फेला

२३ असार , देउखुरी दाङ । राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै […]

मुख्‍य समाचार समाचार समाज

सिद्धार्थ राजमार्ग भासियो

२३ असार , वालिङ स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका […]

मुख्‍य समाचार समाज

बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो

२३ असार, म्याग्दी । बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल बगाएको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष थुक्तेनछिरिङ गुरुङले सिँचाइ आयोजनाको मुहानसहित करिब २० मिटर नहर बाढीले बगाएको बताए । […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो

२३ असार, चितवन । नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ : ३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध

२३ असार, पाल्पा । अविरल वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । दुई दिनदेखि परेको झरीका कारण तानसेन नगरपालिका-८, गौडे पुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमाथिबाट खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि पहाड र तराईको यात्रामा निस्केकाहरू बीच […]

मुख्‍य समाचार समाचार समाज

अधिकांश तरकारीको मूल्य बढ्यो, यस्तो छ कालीमाटीमा भाउ

२३ असार, काठमाडौं । अविरल वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि कालीमाटीमा अधिकांश तरकारीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार गोलभेँडा, बोडी, भन्टा, लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, काउली लगायत धेरैजसो तरकारी भाउ बढेको छ । समितिका अनुसार गोलभेडा २३, तने बोडी २० प्रतिशत, लाम्चो […]

मुख्‍य समाचार समाज

बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

२३ असार , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि उनले अपिल गरेका छन् । ‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र

२३ असार, दार्चुला । बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका […]

मुख्‍य समाचार समाज

क्यानको बैठकमा विश्वकपको समिक्षा भयो ?

२३ असार , काठमाडौं । नेपाली क्रिकेट टिमले आइसीसी टी–२० विश्वकप क्रिकेट खेलेर फर्किए पछि नेपाल क्रिकेट संघ क्यानको विहीबार केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । आइसीसी टी–२० विश्वकप खेल्नका लागि अमेरिका र वेस्टइन्डिजमा भएका बेला क्यानको विवादहरु पनि सार्वजनिक भएका थिए । ती विवादहरुको बारेमा क्यानको बोर्ड बैठकमा छलफल भएको छ । छलफलपछि पदाधिकारी […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण

२३ असार, कर्णाली । कर्णाली प्रदेशका सञ्चारकर्मीलाई संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज, सुर्खेतको समन्वयमा क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको हो । उक्त प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै मन्त्रालयका सचिव रविलाल शर्माले उन्नत लोकतन्त्र, सभ्य एवं समृद्ध समाजका लागि वस्तुनिष्ठ […]