२५ श्रावण २०८३, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म

२३ असार, लमजुङ । लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ । यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उहाँ भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै व्यस्त छन् । श्रीकृष्ण हस्तकला उद्योगको नाउँमा दर्ता भएको त्यही टहरोमा बनेका ससाना ठेकी, रक्सी राखिने […]

मुख्‍य समाचार राजनीति समाज

राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई एमालेको माग

२३ असार , काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीनामा दिएर सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि माग गरेको छ । आइतबार बसेको संसदीय दलकोको निर्णय सुनाउँदै प्रमुख सचेतक महेश बर्तौलाले बैठकले सरकारको राजीनामा माग गर्नका साथै अल्पमतमा परेर पनि राष्ट्र हित विपरित विभिन्न नर्णय गरिरहेको बताए । उनले भने, ‘यो सरकारलाई दिएको […]

मुख्‍य समाचार समाचार समाज

बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु

२३ असार, काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रियसभा बैठक बस्दै

२३ असार, काठमाडौँ । आज बिहान ११ बजेका लागि निर्धारण भएको राष्ट्रियसभाको बैठक १२ : ३० बजे बस्ने भएको छ । महासचिव पदमप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, भन्सार महसुल विधेकयमा छलफल हुनेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगङ्गा […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

महामारीले ल्याउने विश्व सङ्कट

२३ असार, काठमाडौँ । महामारी भनेको एउटा रोग वा सङ्क्रमण हो, जसले विश्वव्यापीस्तरमा वा ठूलो भौगोलिक क्षेत्रमा तीव्ररूपमा फैलिन्छ र धेरै सङ्ख्यामा मानिसलाई प्रभावित पार्छ । यसमा सामान्यतया नयाँ सङ्क्रामक रोग समावेश हुन्छन्, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर हुन्छ, जसले गर्दा व्यापक बिरामी-अस्वस्थ गराउँछ । महामारीले धेरै देशहरू वा महादेशलाई समेट्न सक्छ र रोगको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

२३ असार, बागलुङ । अबिरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो । बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए। यादवका अनुसार सडक डिभिजन कार्यालय बागलुङको सहयोगमा सडक […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए, सतर्क रहन आग्रह

२३ असार, सुनसरी । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ । प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् । नदीमा […]

मुख्‍य समाचार समाज

सुदूर पश्चिमका पहाडमा जताततै पहिरो, सडक अवरुद्ध

२३ असार , धनगढी । गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ । पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ । जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो । […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

१० वर्षपछि अरुणिमा लम्सालको कमब्याक

२३ असार , काठमाडौं । नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन् । उनले हालै मात्र  ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन् । सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन् । यो सिरिजलाई […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

एपीएफ र सुदूरपश्चिमले जित्यो बास्केटबल उपाधि

२३ असार , काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुद अन्तर्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती […]

मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

२३ असार , काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको  हो । शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज  १ लाख ४५ हजार ४ सय  रूपैयाँमा कारोवार भइरहेको छ । […]

मुख्‍य समाचार समाचार समाज

टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब सार्वजनिक

२३ असार , काठमाडौं । टिम नेपाल इन्जिनियरिङ् लर्निङ सेन्टर प्रालिले टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गरेको छ । नेपालमा इन्जिनियरिङ परिषद्को परीक्षा तयारी गरिरहेका इन्जिनियर विद्यार्थीहरूलाई सहज वातावरण सिर्जना गर्नको लागि उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो । परीक्षाको सामग्री र ढाँचालाई प्रतिविम्बित गर्ने बहुवैकल्पिक प्रश्नहरूको डाटाबेसमा पहुँच बृद्धि गर्नकालागि प्लेटफर्ममा […]