२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाज

पहिरोले पुरिएका तीनै जनाको शव भेटियो

२३ असार , दमौली तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले पुरिएर बेपत्ता […]

मुख्‍य समाचार समाज

जताततै पहिरो : ४५ सडकखण्ड अवरुद्ध

२३ असार , काठमाडौं । शुक्रबार रातिदेखिको परेको अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक र राजमार्गहरु अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका १७ स्थानमा पहिरो खस्दा विभिन्न सडक तथा राजमार्गहरु अवरद्ध भएका छन् । त्यस्तै,लुम्बिनी प्रदेशका १७, कर्णाली प्रदेशका तीन, सुदूरपश्चिमका पाँच, बागमतीका ६, कोशीका […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिले गरे जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ

२३ असार , काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)द्वारा आयोजित  जगन्नाथ रथयात्रा  महोत्सवको शुभारम्भ गरे । राष्ट्रपति पौडेलले  राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतवार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेका थिए ।

मुख्‍य समाचार राजनीति

‘‘बाढि–पहिरोले सडक अवरुद्ध गरे जस्तै सरकारले सदन अवरुद्ध गर्यो’

२३ असार , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाढिू पहिरोले सडक अवरूद्ध गरे जस्तै सरकारले पनि सदन अवरुद्ध गरेको आरोप लागाएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले देशभरीको सडकलाई पन्छाएर सदनमा पनि सरकारलाइ पन्छाउनुपर्ने बताए । उनले भने, ‘यता सदनमा सरकारले बाटो छेकेको जस्तो भएको छ ।  […]

मुख्‍य समाचार समाज

पहिरोमा पुरिएर सात जनाको मृत्यु

२३ असार , काठमाडौं । गत शुत्रबारदेखि परेको मनसुनी वर्षाका कारण गएको पहिरोमा परि देशभर सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, पर्वतको  फलेवास नगरपालिका–१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका ३ पाखरीगोर ढुङ्गा […]

मुख्‍य समाचार समाज

कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह

२३ असार, तनहुँ । तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपासमा दाउरा तथा बालुवा सङ्कलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । जलसतह बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय […]

मुख्‍य समाचार राजनीति समाज

अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद पन्त

२३ असार , काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संविधानले विश्वासको मत लिन एक महिनाको समय दिएपनि नैतिकताको आधारमा प्रचण्डले प्रधानमन्त्रीको पद छाड्नुपर्ने बताएका हुन् । उनले भने, ‘कानूनी कुराहरु संविधानमा लेखिएको हुन्छ […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ताप्लेजुङका एक इन्जिनियर घुस सहित प्रकाउ

२३ असार, ताप्लेजुङ । ताप्लेजुङमा एक ईन्जिनियर एक लाख रुपैयाँ घुस सहित प्रकाउ परेका छन । जिल्लाको फूङलिङ नगरपालिकामा कार्यरत इन्जिनियर लाहान घर भएका मो. अख्तर हुसैन लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले एक लाख घुस सहित शनिबार दुई बजे रङ्गे हात पक्राउ गरेको हो ।

मुख्‍य समाचार राजनीति समाचार समाज

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण

२३ असार, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनीहरुले नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणलाई प्रभावित बनाउन माग गरे । सांसद शङ्कर भण्डारीले मुलुकभर विपद् जोखिम न्यूनीकरण […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

गाजा युद्ध १० औँ महिनामा प्रवेश

२३ असार, काठमाडौँ । हमासले दक्षिणी इजरायलमा गत बर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ । यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् । हमासले अक्टोबर […]

मुख्‍य समाचार राजनीति समाज

बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण

२३ असार , काठमाडौं । सांसदहरुले मनसुनी वर्षाका कारण पहाडमा पहिरो र तराईमा बाढी पसेको भन्दै राहत र उद्धारको कार्यहरु अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले बाढी र पहिरोमा परि मृत्यु भएका परिवारलाई क्षतिपुर्ति र पीडितलाई राहत दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । संसदमा बोल्दै नेकपा माओवादी […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

जयपृथ्वी राजमार्ग अवरूद्ध

२३ असार, बझाङ । वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको हो । बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जीप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् । सडक नियमित सञ्चालनका लागि […]