२५ श्रावण २०८३, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङमा पहिरोले प्रहरी चौकीमा क्षति

२३ असार, बागलुङ । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो । मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

२३ असार,कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२३ असार , काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८८ रुपैयाँ रहेको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एकीकृत समाजवादीको बैठक बस्दै

२३ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । उक्त बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ । पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गरिने सो पार्टीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । […]

मुख्‍य समाचार समाज

देशभर मनसुनी वर्षा : पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

२३ असार , काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले असार २८ मा विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् ।

मुख्‍य समाचार विचार

मानव बेचबिखन नियन्त्रणका लागि कानून परिमार्जन हुनेछ : मन्त्री शर्मा

२१ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुनेगरी कानून परिमार्जन गर्ने बताएकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेटसमेत विनियोजन गर्दै लगिने बताएकी हुन् । उनले भनिन् ‘महिलाको आर्थिक आत्मनिर्भरता वृद्धि हुने एवं शसक्तिकरणमा आगामी आर्थिक वर्षका […]

मुख्‍य समाचार राजनीति विचार समाज

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु

२१ असार , काठमाडौँ । मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट […]

मुख्‍य समाचार राजनीति

सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद् सचिवालयलाई

२१ असार ,काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले आज सचिवालयका महासचिवलाई पत्रमार्फत समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्। पत्रमा भनिएको छ, “प्रधानमन्त्री दाहालको नेतृत्वमा गठित वर्तमान सरकारलाई एमालेका तर्फबाट मत दिई सरकारमा […]

मुख्‍य समाचार समाज

खुकरी प्रहार गरि आमाको हत्या, छोरा पक्राउ

२१ असार, तेह्रथुम । तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । जिल्लाको लालिगुराँस नगरपालिका–८ आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार पक्राग गरेको जनाएको छ । दिपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु […]

राजनीति विचार

शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्नुस भन्दा तर्साएको हुन्छ ?’

२१ असार, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले शिक्षक तर्साउने काम गरेको भन्ने हल्ला फैलाएको भन्दै आपत्ति जनाएकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथि सांसदले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न र पार्टीको कार्यक्रममा नगई विद्यार्र्थीहरुलाई सहज रुपमा शिक्षा प्रदान गर्नु भन्दा तर्साएको कसरी भयो […]

मुख्‍य समाचार समाज

कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक

२१ असार , पर्वत । जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रमुख […]