२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाज

नेकपा एसले १० भित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने

२३ असार , काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश इन्चार्ज र सचिवहरूलाई केन्द्रीय कमिटी सदस्यहरुको खाका तयार गर्नका लागि जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारीअन्तर्गत केही दिनभित्र केन्द्रीयसदस्यहरुको ड्राफ्ट तयार भएपछि केन्द्रसँग परामर्श गर्ने र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेगरी निर्णय गरेको नेता जगन्नाथ […]

मुख्‍य समाचार समाज

चार लाख बिरुवा वितरण गरिने

२३ असार , जलेश्वर । डिभिजन वन कार्यालय महोत्तरीले चार लाख ५० हजार बिरुवा वितरण गर्ने भएको छ । डिभिजन वन कार्यालयबाट प्रत्येक वर्ष असार महिनामा बिरुवा वितरण हुँदै आएको थियो । यस वर्ष अघिल्लो वर्षभन्दा धेरै बिरुवा वितरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष कुमार झाले बताए । प्रमुख झाका अनुसार कार्यालयले […]

मुख्‍य समाचार समाचार समाज

राप्ती नदीको बाढीले तटीय क्षेत्र उच्च जोखिममा

२३ असार , खजुरा बाँके । लगातारको वर्षासँगै बाँकेको राप्ती नदीमा आएको बाढीले तटीय क्षेत्र जोखिममा परेका छन । नदीको सतह बढेपछि तटीय क्षेत्रका अधिकांश घरहरू डुबानमा परेका छन् । शनिबार जोखिममा रहेका एक सय ३५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डुडुवा गाउँपालिका–१ पाझा र चौफेरीका बालबालिका, जेष्ठ नागरिक, महिलाहरुलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला […]

मुख्‍य समाचार समाचार समाज

७ सय ९४ सरकारी कर्मचारीले जागिर छाडे

२३ असार , काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०।८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ । किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, […]

मुख्‍य समाचार राजनीति

जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : शाही

२३ असार , काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फुलमालाले स्वागत गर्ने बताए । पुराना राजनीतिक दल र तिनका नेताहरुले देश […]

मुख्‍य समाचार राजनीति समाचार

प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ढिला गर्नुभयो : सांसद भट्टराई

२३ असार , काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गरेको समेत आरोप लगाएका छन् । उनले भने, […]

मुख्‍य समाचार समाज

सीप सिकेपछि आत्मनिर्भर बन्दै सदा समुदायका महिला

२३ असार , उदयपुर गाईघाट । जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन् । यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जङ्गलबाट दाउरा सङ्कलन र बिक्री गरेर जीविकोपार्जन गर्दै आएका यहाँका महिला सीप सिकेपछि सिलाइ कटाइबाट आत्मनिर्भर बन्दै गएका हुन् । त्रियुगा–६ जलजलेका पाँच जना मुसहर परिवारका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभा : राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

२३ असार , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता […]

मुख्‍य समाचार समाज स्वास्थ्य

मधेश प्रदेशमा एचआईभी सङ्क्रमित चार हजार भन्दा बढी

२३ असार , जनकपुर । मधेश प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने […]

ब्लग मुख्‍य समाचार समाज साहित्य/ समाचार

प्रेमको लय भाग २ (कथा)

प्रेमको लय भाग २ (कथा) – मुना चौधरी एक हप्तादेखि प्रेमराज निरन्तर काम खोज्न भौतारिरहेका छन् । उनको भावनासित खेल्ने मधुलाई उनले कहिले माफ गर्ने छैनन् । छोरीलाई मातृ सुखबाट वञ्चित गर्ने र मातृदायित्वबाट पन्छिने मधुलाई उनले  कहिले मुटुमा बस्न दिने छैनन् अब । अब केवल उनको हृदयमा छोरी राज गर्छिन् । छोरीको बारेमा मात्र […]

मुख्‍य समाचार समाज

पुस्तक समीक्षा : जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने ‘भुक्तमान’

२३ असार , काठमाडौँ । पिछडिएको क्षेत्रका निम्नमध्यमवर्गीय परिवारले ठुलो रोगबाट मुक्ति पाउन कतिसम्म सङ्घर्ष गर्नुपर्दो रहेछ भन्ने कुरा रोग लागेपछि वा सो परिवारको सदस्य हुँदा मात्र थाहा हुन्छ । बिमारसँग जुध्दैमा त्यसबाट मुक्ति पाउने पनि सुनिश्चितता पनि हुन्न । पत्रकार धीरेन्द्र सिनालको ‘भुक्तमान : राज्यको अकर्मण्यता र नागरिकको निरीहता’ (साङ्ग्रिला मिडिया ग्रुप प्रालि, काठमाडौँ, […]

मुख्‍य समाचार समाज

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

२३ असार , जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सोही राजमार्गको कालीकोट तिलागुफा नगरपालिका–६ टिमुरे, गाल्जे र पिलिलगायतका ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । साँझसम्म सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना […]