४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’

१० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध संसददेखि सडकसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ । शुक्रबार(भोलि)बाट सडकमा उत्रिने निर्णय गरेको कांग्रेसले आन्दोलनका कार्यक्रमहरु आइतबारदेखि मात्र गर्ने निर्णयमा पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका कांग्रेस […]

अर्थ

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने

१० जेठ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित नेकपा माओवादी केन्द्रको सल्यान–काठमाडौं सम्पर्क समितिको छैटौं भेलालाई सम्बोधन गर्दै मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर नीति तथा कार्यक्रम बनाएको उल्लेख गर्दै त्यही नीति तथा कार्यक्रममा टेकेर अगामि आर्थिक वर्षको बजेट निर्माणलाई […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

१० जेठ, गण्डकी । गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली काग्रेस सहभागी नहुने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले प्रदेशसभाको उक्त बैठकमा सहभागी नहुने जनाएको छ । कांग्रेस संसदीय दल, गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक तवरबाट बहुमत प्राप्त गरेको घोषणा प्रक्रियाविरुद्ध कांग्रेस संसदीय […]

मुख्‍य समाचार राजनीति

लोसपाको महासचिवमा यादव मनोनित

१० जेठ, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिव पदमा शीतलप्रसाद यादव मनोनित भएका छन् । अध्यक्ष महन्थ ठाकुरले सिरहाका यादवलाई पार्टीको संशोधित अन्तरिम विधानअनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनित गरेका हुन् । लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिबार सदस्यता वितरण कार्यक्रम हुने तय […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

युक्रेनको खार्किभ क्षेत्रमा ११ हजार मानिस विस्थापित

१० जेठ , काठमाडौँ । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रूसी सेनाले मे १० मा जमिनी आक्रमण गरेपछि करिब ११ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको युक्रेनी गभर्नरले बिहीबार बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणले रूसलाई १८ महिनामा सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको बताउँदै धेरै लहरमध्ये यो पहिलो हुनसक्ने बताए । खार्किभका गभर्नर […]

खेलकुद मुख्‍य समाचार

एशियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा

१० जेठ, काठमाडौं ।अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहीबार महासंघले दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दा प्रतियोगिता भोलि जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको कराँते महासंघ एकडेमि, सातदाबाटो हुने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने जनाएको छ । नेपाल सीएचआईटीएफ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीन, दक्षिण कोरिया र जापानले पाँच बर्षपछि पहिलो पटक एकै स्थानमा

१० जेठ , काठमाडौँ । दक्षिण कोरियाी, चीन र जापानी नेताहरूले अर्को हप्ता सियोलमा करिब पाँच वर्षपछि पहिलो त्रिपक्षीय शिखर सम्मेलन गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ । राष्ट्रपति युन सुक युलले सोमबार दक्षिण कोरियाको राजधानीमा चिनियाँ प्रधानमन्त्री ली किआङ र जापानी प्रधानमन्त्री फुमियो किशिदालाई भेट्ने सियोलका उपराष्ट्रिय सुरक्षा निर्देशक किम ताइ–ह्याले पत्रकारसँग […]

मुख्‍य समाचार

कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो

१० जेठ, काठमाडौं । समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्मा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्याङ्कनमा जाँदा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध एकदिने सचेतना कक्षा सञ्चालन गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिषद्का कर्मचारी, मूल्यांकनमा जाने टिम लिडर लगायतले सेवाग्राहीसँग आचारसंहिता विपरीत व्यवहार […]

मुख्‍य समाचार

विश्व फिस्टुला दिवस काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार

१० जेठ, काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले यो रोगको जनचेतना फैलाउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेर मनाएका हुन् । फिस्टुला भएर निको भएका महिलाहरुलाई थप उर्जा दिन र उनीहरुको जीवनस्तर  सामान्य बनाउनका लागि अस्पतालले हरेक वर्ष आजकै दिन यो दिवस मनाउँदै […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

हुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

१० जेठ, हुम्ला । हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले पठनपाठन गर्ने गरेको जानकारी दिए । उनका अनुसार तीनजनामध्ये दुई प्रावि तहको दरबन्दीका र एक बालविकासको सहजकर्ता छन् […]

मुख्‍य समाचार राजनीति

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री

१० जेठ, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन्। कोन्ज्योसोम गाउँपालिकाद्वारा आज यहाँ आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए। उनले नीति तथा […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

रानी–जमरा कुलरिया सिँचाइ आयोजना : कुलो निर्माणमा ढिलाइ

१० जेठ,कैलाली । धानको बीउ राख्ने समयमा खेतसम्म सिँचाइ सुविधा नपुगेपछि कैलालीका किसान मर्कामा परेका छन् । रानी–जमरा कुलरिया कुलामा निर्माणको काम भइरहेकाले सबै किसानको खेतसम्म पानी पुग्न सकेको छैन । कैलालीमा सञ्चालित रानी–जमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ कुलामा निर्माणका काम गरिरहेको छ । निर्माणाधीन अवस्थामा रहेका कुलोबाट पानी छाड्न समस्या हुँदा किसानले समस्या झेल्दै […]