अनुचित लेनदेन सम्बन्धी उजुरीका चाङ
साउन १०, महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी निवेदनका चाङ लागेका छन् । आर्थिक वर्ष २०८०÷८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फस्र्यौट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महोत्तरीमा यस प्रकृतिका निवेदन दुई हजार आठ सय नौवटा परेकामध्ये दुई सय ३५ वटा मात्र फस्र्यौट भएका छन् । […]











