२४ श्रावण २०८३, आईतवार
अर्थ मुख्‍य समाचार समाचार समाज

माल्दिभ्सद्वारा प्यालेस्टाइनीलाई १३ लाख अमेरिकी डलर सहयोग

३० असार, माल्दिभ्स । यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे जानकारी गराएका हुन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुक्रबार आयोजित प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए) को प्रतिज्ञा सम्मेलनका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

नैरोबीको फोहोरको थुप्रोमा आठ महिलाको शव भेटियो

३० असार, नैरोबी । नैरोबीको सुकुम्बासी बस्तीको फोहोर फाल्ने स्थानबाट हालसम्म आठ जनाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् । कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भने, “तिनीहरूलाई टुक्रा–टुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको थियो । कान्जाका अनुसार पहिलो छ जनाको शव शुक्रबार र अन्य दुई महिलाको शव शनिबार फेला […]

मुख्‍य समाचार राजनीति

बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

३० असार, भरतपुर । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आउनुभएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

३० असार, काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार […]

मुख्‍य समाचार राजनीति समाचार

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने

३० असार, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् । गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ ।” […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मृतकका परिवारलाई छ लाख ५० हजार राहत

३० असार, बागलुङ । मनसुनजन्य विपद्बाट बागलुङमा तीनजनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु छ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ । बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुईजनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो । मनसुनजन्य विपद्बाट […]

मुख्‍य समाचार समाचार समाज

कृषकलाई मलकै पिरलो

३० असार,पर्सा । पर्सा पर्टेवा सुगौली गाउँपालिका–५ निचुटाका कृषक शिवबालक ठाकुरलाई दुई दशकअघिसम्म चार हलगोरु र आधा दर्जनभन्दा धेरै भैँसी पाल्थे । विगतमा गोठभरि नै चौपाया हुने भएकाले रासायनिक मलको खासै समस्या हुँदैनथ्यो । आफ्नै गोठबाट निस्कने प्राङ्गारिक मलकै प्रयोग गरेर खेती किसानी गर्दै आउनुभएका उहाँलाई अहिले एक बिघा खेतमा धान रोपाइँ गर्न पनि महाभारत […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाको बैठकको समय परिवर्तन

३० असार, काठमाडौँ । प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान […]

अर्थ मुख्‍य समाचार समाचार समाज

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव

३० असार, काठमाडौँ । नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा निजी क्षेत्रका छाता संस्थाहरुले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विभिन्न सुझाव दिइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरुले […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

पुरानो घर सजाए, पर्यटकलाई लोभ्याए

३० असार, गण्डकी । फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ । प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ । ताल, हिमाल, खोलानाला र वनपाखा त्यहाँका आकर्षण हुन् । त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुङ्गेनी घर । जहाँ ३८ वर्षीय लक्ष्मण पराजुली सपरिवार बस्छन् । विसं २०६८ तिरको […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीद्वारा शैक्षिक क्यालेन्डर लागू गरेकामा त्रिविलाई धन्यवाद

३० असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक क्यालेन्डर लागू गरेकामा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिए । आज प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राध्यापक डा केशरजङ्ग बराल, रजिष्ट्रार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्री दाहालले धन्यवाद दिए । सो क्रममा प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको नियुक्तिका आधार […]

मुख्‍य समाचार समाचार समाज

उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला

३० असार, काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठवटा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले […]