५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय

२७ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि

२७ जेठ  काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान बोलाएको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा दलहरूले अध्ययनका लागि समय माग गरेपछि विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि मात्रै प्रारम्भ हुने भएको हो । आइतबार बोलाइएको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची तोकिएको थियो । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोरः फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

२७ जेठ, पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ । पटकपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन […]

खेलकुद मुख्‍य समाचार

विश्वकप : युगान्डा १ सय ३४ रनले पराजित, वेस्ट इन्डिजको लगातार दोस्रो जित

२७ जेठ , काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो । खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो । समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० […]

मुख्‍य समाचार राजनीति

विभाजनलगत्तै एकता महाधिवेशनको कठघरामा उपेन्द्र यादव

जेष्ठ २८, २९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालको महाधिवेशन हुँदैछ । मधेश आन्दोलनबाट उदाएको र मधेश केन्द्रित दलको उपमा पाएको दलले आफ्नो महाधिवेशनका लागि मधेशक प्रदेशकै राजधानी रोज्नु कुनै आश्चर्यको कुरा भएन । तर, पार्टीले यसलाई ‘एकताको राष्ट्रिय महाधिवेशन’ नाम दिएको छ, जबकी पार्टी भने […]

अर्थ मुख्‍य समाचार समाचार

बजारमा माइक्रोफाइनान्स उग्र, ६ महिनामै सेयर भाउ ३ गुणा

२७ जेठ, काठमाडौं । सेयर बजारमा विगत केही महिनादेखि माइक्रोफाइनान्स समूह उग्र बनेको छ । बजार घट्दा पनि माइक्रोफाइनान्स सूचक बढ्ने गरेको छ । हाल यस समूहको सूचक १६ महिनाकै उच्चतम विन्दुमा पुगेको छ । माइक्रोफाइनान्स समूहको सूचक हाल ४,६५६ विन्दुमा पुगेको छ । जुन अंक १६ महिनायताकै उच्च हो । सेयर बजारका १२ समूहमध्ये […]

मुख्‍य समाचार समाचार

आँबुखैरेनी–मुग्लिन सडक आज ४ घण्टा बन्द हुने

२७ जेठ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो । हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताएका छन् । पृथ्वीराजमार्गमा […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान

२७ जेठ, फुङ्लिङ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ । पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए । शिक्षाको गुणस्तर सुधार्न शिक्षक, विद्यार्थी र अभिभावकसमेतलाई जिम्मेवार बनाउने विषय घोषणापत्रमा समावेश […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

इलाममा आदिवासी जनजाति महोत्सव

२७ जेठ, फिक्कल । इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका–११ मा दुईदिने महोत्सव हुन लागेको हो । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन एवं विविध परिकार प्रदर्शन गरिने नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने

२७ जेठ, वीरगञ्ज । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताएका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले ठोरी–केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै मुलुक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

२७ जेठ , म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, […]

मुख्‍य समाचार समाचार

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश

२७ जेठ ,काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन् । बङ्गलादेशको राजधानी ढाकामा शनिबार भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपालमा भएका न्यायिक सुधारका बारेमा जानकारी दिँदै न्यायपालिकाको पाँचवर्षे रणनीतिक योजना तयारी भइरहेको जानकारी बताए। […]