२३ श्रावण २०८३, शनिबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

गेमी आँधीबाट ताइवानमा बाढी र पहिरो, फिलिपिन्समा २२ को मृत्यु

१० साउन, ताइवान । ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ भने पहिरोसमेत गएको छ । आँधीले घर र पसलहरूमा क्षति पुगेको छ । आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । यसबाट फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ । साथै ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुई सय […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

कम्बोडियाली विपक्षी नेतालाई १५ लाख डलर जरिवाना

१० साउन, कम्बोडिया । कम्बोडियाको एक अदालतले सत्तारुढ दललाई बदनाम गरेको आरोपमा बिहीबार त्यहाँका विपक्षी नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ । गत फेब्रुअरीमा विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा क्यान्डललाइट पार्टीका नेता टिभ भ्यानोलले हुन मानेटको शासनकालमा राज्य ‘लोकतन्त्रको हिसाबले खराब हुँदै गएको’बताएका थिए । हुन मानेटले सन् २०२३ मा आफ्ना पिता हुन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

इजरायली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला

१० साउन, इजरायल । इजरायली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ । सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ । गाजा पट्टीको मुख्य सहर खान […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार स्वास्थ्य

त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा

१० साउन, नुवाकोट । त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए । “जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ,”निर्देशक डा लामाले भने, “बिरामीको रोग […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरका राना समुदायमा‘सावनको डोला’को रौनक

१० साउन, कञ्चनपुर  कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’भन्ने गर्दछन् । सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारु समुदायले साउन महिनामा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालोपत्र

१० साउन, म्याग्दी । पछिल्लो एक वर्षको अवधीमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९ दशमलव ४४५ किलोमिटर सडक स्तरोन्नति गरेका हुन् । सङ्घीय सरकारको स्थानीय पूर्वाधार आयोजनाले १० किमी दुई सय २०० मिटर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले आठ किमी, पूर्वाधार विकास […]

मुख्‍य समाचार समाचार समाज

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

१० साउन, काठमाडौँ । काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ । केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, “वर्षाका कारण धोबीखोलामा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

काभ्रेमा नागरिकता : २६ मुद्दा, नौवटा नक्कली रद्द

१० साउन, काभ्रेपलाञ्चोक । एक बर्षमा झुटो विवरण पेस गरी नागरिकता लिएका २६ नागरिकविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०-८१ मा अघिल्लो वर्षभन्दा दोब्बरबढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको जनाएको हो । कार्यालयका अनुसार आव २०७९-८० मा नागरिकताका दश मुद्दा दर्ता भएको थियोभने आव २०७८-७९ मा ६ मुद्दा दर्ता थिए […]

मुख्‍य समाचार समाचार समाज

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

१० साउन, रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका अनुसार आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारीसाधनबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको […]

मुख्‍य समाचार समाचार समाज

बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह

१० साउन, काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शङ्कास्पद रुपमा चलिरहेका भन्ने सूचनाका आधारमा फेलापारी बरामद गरिएका सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनले भने, “विभागमा दाखिला […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मनाङमा हस्तान्तरण भएको तीन वर्षपछि सञ्चालनमा आयो कारागार

१० साउन, मनाङ । जिल्ला कारागार कार्यालयको नयाँ भवन बनेको तीन वर्ष पूरा भएको छ । द क्याराभान जेभीले विसं २०७८ जेठमा जिल्ला प्रशासन कार्यालयलाई कारागारको स्वामित्व हस्तान्तरण गरे पनि प्रयोगमा भने आउन सकेको थिएन । कारागार हस्तान्तरण भएको तीन वर्षपछि यही साउन ७ गतेदेखि मात्रै सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने

१० साउन, दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । सर्पले टोकेका बिरामीको उपचारका लागि जिल्लाभर नै उपचार केन्द्र नरहेकाले सदरमुकामको अस्पतालमा उपचार केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । त्यसका लागि अस्पतालमा […]