६ चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

६ असार, काठमाडौं । अत्यधिक गर्मीका बीच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, […]

मुख्‍य समाचार समाचार समाज

‘लेसर ग्रे स्राइक’जातको नयाँ पन्छी भक्तपुरमा देखियो

६ असार, भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताए । पन्छी पथ प्रदर्शक […]

मुख्‍य समाचार राजनीति

बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

६ असार, बागमती । बागमती प्रदेशसभा बैठकमा आजदेखि  आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । यही असार १ गते प्रदेशसभामा […]

मुख्‍य समाचार समाचार

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

६ असार, गोलबजार । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत बलान विहुल गाउँपालिका–४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीबाट कटान भएपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक महेश कार्कीको नेतृत्वमा ३० […]

मुख्‍य समाचार समाचार समाज

मध्यपहाडी लोकमार्गः धारापानी–झिनडाँडाखण्डमा स्तरोन्नति सुरु

६ असार, म्याग्दी । धौलागिरि गाउँपालिका–७ धारापानीदेखि धारापानी–ताकम–शिवाङ–झिनडाँडासम्मको सडक स्तरोन्नति थालिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत धौलागिरि गाउँपालिकाको धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम सुरु भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु पाँच करोड विनियोजन गरेको यस सडकका लागि रु २५ करोड बराबरको वहुबर्षीय ठेक्का […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै

६ असार, बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ । आर्थिक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

६ असार, गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु […]

मुख्‍य समाचार समाचार समाज

सर्लाहीको बागमतीमा दुर्घटना, तीन जनाको मृत्यु

६ असार, सर्लाही । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको […]

मुख्‍य समाचार समाचार समाज

ललितपुर महानगरले कर असुली प्रक्रिया सहज बनाउने 

६ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै कर संस्कृति सबलीकरण गर्ने नीति लिएको छ । महानगरपालिकाको पाँचौं नगरसभा बैठकमा बुधबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कर असुली प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउन विद्युतीय राजस्व प्रणालीलाई स्तरोन्नति गरिने बताइन […]

मुख्‍य समाचार समाचार समाज

ब्लुबुक किर्ते गर्दै अर्काको गाडी बेचेको आरोपमा चार जना पक्राउ

६ असार, काठमाडौं । सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौंको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुम्बाराही बस्ने बैतडीको शिवनाथ–७ का ३८ वर्षीय वीरेन्द्र सिंह साउद, बुढानीलकण्ठ बस्ने चितवनका ३८ वर्षीय मनोजकुमार सुनार बराली, कोटेश्वर बस्ने रामेशछापको खिु तामाकोशी–५ का ३३ वर्षीय शान्तकुमार मगर र बुढानीलकण्ठ […]

खेलकुद मुख्‍य समाचार

इंग्ल्यान्डलाई वेस्ट इन्डिजले दियो १८१ रनको लक्ष्य

६ असार, काठमाडौं । टी–२० विश्वकपमा सुपर–८ अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ । सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो । वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । […]

मुख्‍य समाचार समाचार समाज

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहनेछ । आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि […]