१० कार्तिक २०८३, सोमबार
समाचार सुदूरपश्चिम

बैतडीका मानबहादुर मलेसियामै अस्ताए

२६ साउन, धनगढी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ ग्वानीका मान बहादुर बिष्ट मलेसियामा अस्ताएका छन् । हिजो शुक्रबार काम सकेर साझँ कोठामा फर्केका मान बहादुरको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए । मलेसियामै रहेका पूर्णबहादुर बिष्टकाअनुसार उपचारको क्रममा राती १० बजे मानबहादुरको मृत्यु भएको हो । मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत […]

मुख्‍य समाचार समाचार समाज

साँढेले हान्दा एक महिलाको मृत्यु

२६ साउन, बुटवल । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका […]

मुख्‍य समाचार समाचार समाज

तनहुँमा ७५४ जनामा डेंगु संक्रमण

२६ साउन,  तनहुँ । तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ। शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, […]

मुख्‍य समाचार समाचार

आज काठमाडौँका यी क्षेत्रमा ५ घण्टा विद्युत् अवरुद्ध हुने

२६ साउन, काठमाडौँ । काठमाडौँको थानकोट क्षेत्रमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु सहायक वितरक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो। प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

हसिना शेखका छोरा वाजेद बंगलादेशको राजनीतिमा आउने

२६ साउन, एजेन्स। आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी हसिना शेखका छोरा सजीव वाजेदले बंगलादेशको राजनीतिमा आउन आफू इच्छुक रहेको बताएका छन्। आमाले नेतृत्व गरेको अवामी लिग पार्टीलाई बचाउन आफू राजनीतिमा आउने धारणा वाजेदले टाइम्स अफ इण्डियासँगको अन्तर्वार्तामा व्यक्त गरेका छन्। अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका वाजेदले टेलिफोनमार्फत दिएको अन्तर्वातामा अवामी […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कोटीहोम महायज्ञमा बैतडीका आचार्य कृष्णले दिए प्रवचन

२६ साउन,  काठमाडौँ । पशुपति परिसरमा चलिरहेको कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले शुक्रबार प्रवचन दिएका हुन । उनले प्रवचनका क्रममा कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको बताए । दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पत्थरिया खोलामा एक पुरुष मृत फेला

२६ साउन, कञ्चनपुर । कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला परेका छन । शुक्रबार साँझ बेदकोट नगरपालिका – २ मुक्ति शिबिरका ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका – १० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेका हुन । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मुख्‍य समाचार समाचार समाज

बेनी-दरबाङ सडक अवरुद्ध

२६ साउन, गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरू सास्ती खेप्न बाध्य भएका छन् । बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरू जोखिम मोलेर पहिरो पारगरी आआफ्नो गन्तव्यतर्फ लागेका छन् । पश्चिम […]

मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

२६ साउन,  काठमाडौँ ।  ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई हाल काठमाडौँको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई,  सोही ठाउँ बस्ने […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पेरिस ओलम्पिक: आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जित्याे स्वर्ण

२६ साउन,  काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबल तर्फ स्प्पेनले स्वर्णपदक हासिल गरेको छ । ओलम्पिक आयोजक फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण आफ्नो बनाएको हो । १९९२ पछि स्वर्ण जित्ने क्रममा स्पेनले अतिरिक्त समय कुर्नु परेको थियो । खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले सांसदमाथि काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान

२६ साउन, काठमाडौं । बाल श्रमशोषणको कसुरमा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ । सांसद शर्माले प्रहरीलाई विपक्षी बनाई दायर गरेको रिटमा अदालतले प्रहरीको पक्षमा फैसला सुनाएपछि अनुसन्धान अघि बढाएको हो । उच्च अदालत पाटनले बुधबार सांसद शर्माले दायर गरेको निषेधाज्ञासम्बन्धी रिटमा दाबी नपुग्ने फैसला गरेको थियो। सांसद शर्माविरुद्ध दुई महिनाअघि […]

राजनीति समाचार

ओली सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ : ‘प्रचण्ड’

२६ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरेका छन् । हिजाे स्थायी कमिटी बैठकमा उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए । उनको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘अघिल्लो सरकारले गरेको सुशासनको […]