रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न देश बाहिर जान थाले: शिक्षामन्त्री भट्टराई
२६ साउन, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरु पढ्न देश बाहिर जाने परिस्थिति सिर्जना भएको बताएकी छन् ।काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसियसन नेपालको पाँचौं साधारणसभा शनिबार उद्घाटन गर्दै मन्त्री भट्टराईले उक्त कुरा बताएकी हुन् । ‘विद्यार्थीहरु पढ्न बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभई ज्ञानपछिको रोजगारीको […]











