८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

स्थानीयले पाउने भए सालासुङ्गी हाइड्रोको शेयर

रसुवा, २ पुसः सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । शेयर पाउनुपर्ने माग दाबी गर्दै विरोधमा उत्रेका स्थानीयबासिन्दालाई शेयर दिन आयोजना तयार भएको हो । निजी क्षेत्रबाट करिब रु २० अर्ब लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सो विद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न […]

गण्डकी मुख्‍य समाचार समाज

कोदो, मकै फल्ने बारीमा सुन्तला बगैँचा : यस वर्ष १५ लाखको बिक्री

वालिङ स्याङ्जा, २ पुसः स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । सन्ताउनन वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेका सुन्तला खेतीलाई बिस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतकोरूपमा […]

कर्णाली मुख्‍य समाचार समाचार

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला, २ पुसः जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लस्थित कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन् । जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको […]

गण्डकी मुख्‍य समाचार समाचार

बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार

गलकोट बागलुङ, २ पुसः जिल्लाको ठूलो मेलाको रूपमा रहेको बागलुङ महोत्सव यही पुस ११ देखि २१ गतेसम्म सञ्चालन हुँदैछ । बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने आठौँ बागलुङ महोत्सव नजिकिएसँगै प्रचारप्रसारलाई व्यापक बनाइएको छ । महोत्सव हुने स्थान बाङ्गेचौर खेल मैदानमा रमाइलो मेला, मञ्चलगायत सामग्री आइसकेका छन् भने बागलुङ बजार तुल तथा व्यानरले झिलिमिलि बनाउन […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम, २ पुसः जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको छ । पर्याप्त बजेट स्रोतको अभावका साथै भएको सीमित बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा क्षति भएका भवन संरचनालाई मर्मत सम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको हो । कम क्षति पुगेका […]

मुख्‍य समाचार लुम्बिनी समाचार

आयआर्जनमा जोडिँदै तानसेनका महिला

तानसेन पाल्पा, २ पुसः यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई सीप सिकेर आयआर्जनमूलक काममा जोडिन थालेका छन् । घरको काम सकेर फुर्सदमा बस्ने गरेका महिला पछिल्लो समय आयआर्जनमूलक क्षेत्रमा सक्रिय हुन थालेका हुन् । स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले महिलालाई विभिन्न समूहमा आवद्ध गरी सीपमूलक तालिम दिन थालेपछि आयआर्जनका क्षेत्रमा महिलाको सक्रियता बढ्न थालेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

बनियानी झापा, २ पुसः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताएका छन् । झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको आज उद्घाटन गर्दै उनले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको धारणा राखे । विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण […]

बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, २ पुसः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब पाँच करोड ३७ लाख […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौँ, २ पुसः हाँस्य कलाकार अर्जुन घिमिरे पाँडेले निर्देशन गरेका चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन भएको छ । सो चलचित्रको विषयमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित कार्यक्रममा निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको बताए। उनले भने, चलचित्रकर्मीको दायित्व मनोरञ्जन दिने मात्र नभई समाजलाई जागरुक बनाउने […]

बागमती मुख्‍य समाचार समाचार

टोखा नगरपालिकामा ‘श्रम डेक्स स्थापना

काठमाडौँ, २ पुसः काठमाडौँको टोखा नगरपालिकामा श्रम डेक्स स्थापना गरिएको छ । टोखाले श्रमिकहरुको हक, हित र अधिकारको रक्षाका लागि मङ्गलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो । उक्त डेक्सको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे । कार्यक्रमा बोल्दै उनले नगरभित्र रहेका श्रमिकको हक, हित र अधिकारको रक्षाका लागि टोखा नगरपालिकाले श्रम डेस्क […]

मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु

जनकपुर । मधेश प्रदेश सभाको सभामुख पद चयन गर्नका लागि प्रक्रिया सुरु भएको छ । आज (बुधबार) बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त रहेको सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी छन् । उपसभामुख राउतले आगामी पुस ६ गत्ते आईतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी छन् । उनले […]

बागमती मुख्‍य समाचार समाचार

पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

भद्रपुर झापा, २, पुसः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र०८३ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो । आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ४५ करोड ५० लाख […]