१२ असार २०८३, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

रोनाल्डोको अन्तिम विश्वकप : पोर्चुगललाई समूह चरणमै कोलम्बियाको चुनौती

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि आगामी विश्वकप विशेष हुने भएको छ । ४१ वर्षको उमेरमा उनी आफ्नो करियरको अन्तिम विश्वकप खेल्ने तयारीमा छन् । जहाँ विश्वकप उपाधि जित्ने उनको अन्तिम अवसर रहनेछ । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । पोर्चुगलका लागि २२६ खेल […]

अर्थ मुख्‍य समाचार समाचार

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्सन) मार्फत रकम खिच्ने भएको छ । केन्द्रीय बैंकले पछिल्ला केही सातादेखि लगातार बजारमा थुप्रिएको अधिक तरलता नियन्त्रण गर्न यस्ता उपकरण प्रयोग गर्दै आएको छ । राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे […]

अर्थ मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घटेको हो । मंगलबार ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि […]

अर्थ मुख्‍य समाचार विशेष समाचार समाचार

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने एक व्यवसायीले अर्को व्यवसायीलाई विद्युत् बिक्री गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गरिएको बताएका छन् । अन्तिम उपभोक्तालाई मात्र प्रभाव पर्ने गरी भ्याट प्रणाली लागू गरिने उनले स्पष्ट पारे । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री […]

अर्थ मुख्‍य समाचार समाचार समाज

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसअघि पहिलो चरणअन्तर्गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७९ […]

अर्थ मुख्‍य समाचार समाचार

वाराणसीमा हुने अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीका लागि नेपाल–भारत उद्योग वाणिज्य संघ र हाउस अफ राजकर्णिकारबीच सहकार्य

काठमाडौं । नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकार (एचओआस) बीच समझदारी भएको छ । मंगलबार निक्कीको सचिवालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । यस सहमतिसंगै भारतको ऐतिहासिक तथा धार्मिक नगरी वाराणसीमा आयोजना हुन लागेको ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी बी–टु–बी ट्रेड शो’ […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ऊर्जामन्त्री श्रेष्ठ समक्ष जलविद्युत् आयोजनाको अनुमति समीक्षा प्रतिवेदन पेस

काठमाडौं । उच्चस्तरीय समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमति पत्रहरूको प्रतिवेदन पेस गरेको छ । मंगलबार जलविद्युत् आयोजनासम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित समितिले मंगलबार प्रतिवेदन पेस गरेको हो । समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने छन् । सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा छनोट तथा मूल्याङ्कन समिति 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न लागेको ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट तथा कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले बताएका छन् । उनले फिल्मलाई मनोरञ्जनका रूपमा मात्र लिनु नहुने बताए । यो मनोरञ्जनको माध्यम त हो नै । यस बाहेक शिक्षा, सूचना, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा वर्षा हुने सम्भावना 

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल तथा बाकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मूख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजेट महत्वाकांक्षी र धनी वर्गलाई पोस्ने खालको छ, लक्ष्य पूरा हुँदैन : पूर्व अर्थमन्त्री महत

  काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अत्यन्त महत्वाकांक्षी भएको र यसले तल्लो तथा मध्यम वर्गलाई भन्दा धनी वर्गलाई पोस्ने नीति लिएको टिप्पणी गरेका छन् । मंगलबार नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा बोल्दै डा. महतले बजेटको आकार, राजस्वका […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रवि लामिछानेलाई ठूलो राहतः पर्सा जिल्ला अदालतद्वारा ‘संगठित अपराध’ को अभियोग हटाउने आदेश

वीरगन्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको ‘संगठित अपराध’ को अभियोग हटाउने निर्णय गरेको छ। वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै अदालतले संगठित अपराधको अभियोग हटाएर सहकारी ठगीसम्बन्धी अभियोगलाई मात्र कायम राख्न आदेश दिएको हो। जिल्ला न्यायाधीश मोहन सुवेदीको […]