८ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु

काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे । विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत विभिन्न स्थानमा […]

बागमती मुख्‍य समाचार समाचार

एसियाडका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक सिवाकोटी छनोट

काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा तेक्वान्दो खेलको निर्णायकका रूपमा छनोट भएका छन्। आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाली खेलकुदमा सिवाकोटीले तेक्वान्दोको निर्णायकको भूमिका निर्वाह गर्नेछन्। उनी ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त व्यक्ति हुन्। उनी नेपाल […]

बागमती मुख्‍य समाचार समाचार

भ्वाइस किड्स सिजन ५ को उपाधि सुवासना खड्कालाई

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् । ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ । यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ । २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । भदौमा व्यक्तिगत […]

मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस

धनगढी । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरे । तर नेकपाबाट मन्त्री बन्नेहरुको टुंगो अझै लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन् । नेकपामा रहेका साविकका तीन पार्टी (नेकपा माओवादी, नेकपा एस र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

जाजरकोटमा पहिरो : १० जना घाइते, तीन बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् । शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी–२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा अस्थायी टहरा भत्काउनुका साथै केही घर जोखिममा परेका छन् । घटनालगत्तै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ : परराष्ट्रमन्त्री खनाल 

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको ग्वाङजाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ ले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीच आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । सम्मेलनको सफल आयोजनाका लागि शुभकामना सन्देश […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

खाना पकाउने ग्यास सहज बनाउन काठमाडौंका ७ स्थानबाट बिक्री हुने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आइतबार नेपाल आयल निगमले काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ । निगमका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था गरिएको हो […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसको इतर पक्षले सार्वजनिक गरेको आर्थिक सामाजिक नीतिमा के छ ?

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलाले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ सार्वजनिक गरेको छ । नेता डा.प्रकाशशरण महतले तीन दिने राष्ट्रिय भेलाका क्रममा आर्थिक तथा सामाजिक नीतिलाई समयानुकूल परिमार्जन गर्दै आर्थिक समृद्धि र सामाजिक न्यायलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ । विगतमा अवलम्बन गरिएका आर्थिक नीतिका कारण नेपालको आर्थिक […]