१२ असार २०८३, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार राजनीति

बजेट दस्तावेज अध्ययन गरेर मात्रै टिप्पणी गर्न सांसदलाई अर्थमन्त्रीको आग्रह 

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन विधेयकको ‘पातलो पुस्तिका’ प्राप्त नगरेको जस्तो देखिएको उल्लेख गरे । उनले भने, ‘किताब पाएको भए पनि त्यसको शेरोफेरोमा रहेर टिप्पणी गर्नुको सट्टा समग्र बजेट विनियोजन र प्रस्तुत विवरण […]

बागमती मुख्‍य समाचार समाचार

कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव सुरु भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् । चार वर्षको प्रतीक्षापछि आउने यो प्रतियोगिता खेल मात्र होइन, करोडौं मानिसको भावना, आशा र उत्सवसँग जोडिएको विषय पनि हो । नेपालमा पनि विश्वकपको रौनक बिस्तारै चुलिँदै गएको छ । चोक–चोकमा फुटबलको चर्चा छ, सामाजिक सञ्जालमा समर्थकहरूबीच बहस चलिरहेको छ, र घर–घरमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको मर्यादामा प्रश्न उठेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले मन्त्रीको अभिव्यक्ति ‘हेप्ने शैलीको’ भएको संकेत गर्दै संसद र समितिको गरिमा कायम राख्नुपर्ने बताए । उनले कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध मर्यादित हुनुपर्ने उल्लेख गरे […]

बागमती मुख्‍य समाचार समाचार

अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र हवाई सुरक्षा सुधारमा जोड

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पर्यटन समितिको शुक्रबार बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था, नेपाल–भारत हवाई रुट व्यवस्थापन तथा नेपालको हवाई उड्डयन क्षेत्रलाई यूरोपियन यूनियन (ईयू) को कालोसूचीबाट हटाउने तयारीबारे विस्तृत छलफल गरिएको छ । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नेपाल र भारतबीच भएका हवाई रुटसम्बन्धी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : सीमाबारे मौन किन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् । उनले भनिन्, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन […]

बागमती मुख्‍य समाचार समाचार

सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारासँग मेल नखाने काम गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमा प्रश्न उठेपछि छलछाम समिति […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले नेपाल–भारत सीमाको विषयमा स्पष्ट धारणा दिन आवश्यक रहेको बताए । उनले नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर सीमा रहेको तथा दुई देशबीच ८ हजार ५५३ वटा सीमा स्तम्भ निर्धारण गरिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बिराज भक्त श्रेष्ठले सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च रहेको हुनाले त्यसलाई सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै उनले अब आउने नयाँ नेतृत्वले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अझ सशक्त बनाउने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हर्क साम्पाङको प्रश्न : ‘नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्याे’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा आफूले प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर विरोध गरेको पनि आज […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने,‘हामीले अर्थमन्त्री ज्युलाई शंंकाको लाभ दिएकै थियौं हाम्रो दलको तर्फबाट । हामी यहाँ संसदमा […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । […]

बागमती मुख्‍य समाचार समाचार

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम विरुद्ध दिवस मनाइन्छ । बालबालिकालाई श्रम शोषणबाट मुक्त गराई शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सम्मानजनक बाल्यकाल सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । बालबालिका शारीरिक, मानसिक तथा भावनात्मक रूपमा पूर्ण परिपक्व नहुने भएकाले उनीहरूलाई श्रममा लगाउनु बालअधिकारको गम्भीर उल्लंघन भएको मानिन्छ । गरिबी, अशिक्षा, बेरोजगारी, […]