२३ श्रावण २०८३, शनिबार
राजनीति समाचार सुदूरपश्चिम

सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह नियुक्त

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश संसदीय दलका नेतासमेत रहेका शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । […]

समाचार समाज

ढुङ्गा लागेर बालिकाको मृत्यु

२० साउन, बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका – १ जोरुका नन्दे कुमालकी १४ बर्षिया छोरी आकाशी कुमालको मृत्यु भएको हो । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडक खण्डमा गोरु चराउन गएका बेला डोजरले खनिरहेको ढुगां खसेर बालिका घाइते भएकी थिइन । घाइते भएकी बालिकालाई […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

दाङमा बाढीबाट एक जनाको मृत्यु         

काठमाडौं ।  दाङमा  बाढीबाट एक जनाको  मृत्यु भएको  छ ।  नेपाल प्रहरीले  सार्वजनिक गरेको विवरण अनुसार तुलसिपुर उपमहानगरपालिका वडा नं ४ की मन्जु  खड्काको मृत्यु भएको हो । यस्तै प्रहरीले  सार्वजनिक गरेको  विवरण अनुसार विभिन्न ठाउँमा पहिरो जाँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ की ४४ वर्षीया […]

मुख्‍य समाचार समाचार

बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले राखे पाँच बुँदे माग

काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो । इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमै एक वर्षे इन्टर्नसीप गर्न पाउनुपर्ने उनीहरुको पहिलो माग छ । नेपालमै […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

मौसम खराबीका कारण रारा विमानस्थलबाट उडान ठप्प

मुगु ।  मौसम खराबीका कारण तीन दिनदेखि रारा विमानस्थलमा उडान हुन सकेको छैन। बर्षाद्को समयमा मौसममा खराबी आइरहँदा रारा ताल्चा विमानस्थलमा तीन दिनदेखि उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । गएको शुक्रबार नेपालगन्जबाट समिट एयरले यात्रु लिएर मुगुका लागि उडेपनि जुम्लाको सिन्जा क्षेत्रमा पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक […]

मुख्‍य समाचार राजनीति समाचार

टियू क्रिकेट मैदान निर्माणबारे प्रधानमन्त्री र सरोकारवालाहरुबीच छलफल

काठमाडौं । टियू क्रिकेट मैदान निर्माणका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरुसँग छलफल गरेका छन् । टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेलप्रेमीहरुसँग छलफल गरेका हुन् । ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय समेत गरेका थिए । पदाधिकारी खेलाडीसँगको छलफलपछि प्रधानमन्त्री […]

खेलकुद समाज

टियू क्रिकेट मैदान निर्माणबारे प्रधानमन्त्री र सरोकारवालाहरुबीच छलफल

२० साउन, काठमाडौं । टियू क्रिकेट मैदान निर्माणका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरुसँग छलफल गरेका छन् । टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेलप्रेमीहरुसँग छलफल गरेका हुन् । ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय समेत गरेका थिए । पदाधिकारी खेलाडीसँगको […]

मुख्‍य समाचार समाचार समाज

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

२० साउन, टक्सार । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटन थालेका छन् । वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् । ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा […]

मुख्‍य समाचार समाचार समाज

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

२० साउन, काठमाडौँ । नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’(सहायक श्रीमान्)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र […]

मुख्‍य समाचार राजनीति समाचार

संविधान संशोधन अग्रगमन र समृद्धिका लागि : प्रधानमन्त्री

२० साउन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको वर्तमान सत्ता समीकरणले अग्रमगन र समृद्धिका लागि संविधान संशोधन गराउने बताएका थिए । नेकपा (एमाले)ले हालै मनोनीत गरेका उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मिर्गौला पीडितलाई सामाजिक सञ्जालबाट सहयोग जुटाउँदै

२० साउन, तनहुँ । दुवै मिर्गौला फेल भएका तनहुँका एक युवकको उपचारका लागि सामाजिक सञ्जालबाट दुई लाख आर्थिक सहयोग जुटेको छ । ऋषिङ गाउँपालिका–५ सपाङ्दीका २६ वर्षीय पूर्णलाल नेपालीको उपचारका लागि तीन दिनमा रु एक लाख ९० हजार सहयोग प्राप्त भएको हो । आर्थिक अवस्था नाजुक रहेका नेपालीको उपचारका लागि देशविदेशमा रहनुभएका ऋषिङबासी र अन्य […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सडक विभागको वार्षिक समीक्षा

२० साउन, पाटन । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगतिबारे समीक्षा गरेको छ । समीक्षामा वार्षिक समयमा आयोजनाका लागि रकमान्तर स्वीकृत नहुनु, आयोजना तथा योजनाको आवश्यकताअनुसार बजेट विनियोजन नगरिनु, निर्माण सामग्रीको प्रयोगसम्बन्धि नीतिगत स्पष्टता नहुनु तथा निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा आशातित नतिजा देखाउन नसकेको विषय उठाइएको थियो । त्यस […]