८ चैत्र २०८२, आईतवार
मनोरन्जन मुख्‍य समाचार समाचार

भीमसेन थापा पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई

२३ असार, काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्षको पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई प्रदान गर्ने निर्णय गरेको छ । चिकित्सा क्षेत्रमा लामो सयमदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भन्दै यस संस्थालाई पुरस्कार प्रदान गर्ने निर्ण भएको प्रतिष्ठानले जनाएको छ । थापाको २५०औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरिने […]

मुख्‍य समाचार समाचार समाज

दियालो बङ्गला आमनागरिकका लागि खुला

२३ असार , चितवन । भरतपुरमा रहेको दियालो बङ्गला आजबाट सबैका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बङ्गला सबै नागरिकले अवलोकन गर्ने गरी उद्घाटन गर्नुभएको हो । नेपाल ट्रष्टको मातहतमा रहेको बङ्गला भरतपुर महानगरपालिकाको आग्रहमा खुला गरिएको हो । मन्त्री तामाङले इतिहास जोडिएको बङ्गला सबैका लागि खुला गरिएसँगै शासन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन: अध्यक्ष ओली

२३ असार , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको […]

मुख्‍य समाचार समाचार समाज

चौध किलो चाँदीका गहनासहित तीन पक्राउ

२३ असार , काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले […]

मुख्‍य समाचार समाचार समाज

बाढी र पहिरोमा परी हालसम्म ४८ जनाको मृत्यु

२३ असार , काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश […]

मुख्‍य समाचार समाचार समाज

बाढीबाट प्रभावित राष्ट्रिय राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न माग

२३ असार, काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढीबाट प्रभावित राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण गएको बाढीपहिराबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकमा क्षति पुगेकाले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी सडक खुलाउन सरकारसँग माग गरेएको […]

मुख्‍य समाचार समाचार समाज

डडेल्धुरामा पहिरामा परी एकको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द

२३ असार , डडेल्धुरा । डडेल्धुरामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको हो । लगातारको झरीले […]

मुख्‍य समाचार समाज

जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ सहभागी

२३ असार , काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ मानिस सहभागी भएका छन् । इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन राजधानीमा रथयात्रा गर्ने गरेको छ । द्वापर युगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव […]

मुख्‍य समाचार समाचार समाज

१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

२३ असार , ढोरपाटन बागलुङ । अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् । सडक अवरुद्धहुँदा काठमाडौँदेखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि […]

मुख्‍य समाचार राजनीति समाचार

बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

२३ असार , जनकपुर । आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आजको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची रहे पनि बैठक सुरू हुनासाथ जसपा नेपालका तर्फबाट प्रदेशसभा सदस्य राजुप्रसाद गुप्ताले असार १६ गते मुख्यमन्त्रीलाई बुझाइएका तीन बुँदे मागका बारेमा सरकारको आधिकारिक धारणा माग […]

मुख्‍य समाचार राजनीति समाज

२८ गतेपछि मात्र मन्त्रालयहरुको भागबण्डा हुन्छ : बर्तौला

२३असार ,  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सकिएपछि पत्रकारहरूले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले पहिले नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभापति र संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने […]

मुख्‍य समाचार राजनीति

केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई

२३ असार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इञ्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज सम्पन्न बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा सम्बन्धित प्रदेशले केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा पठाउन जिम्मेवारी प्रदान गरेको नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद […]