२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

सर्पले टोक्दा एक जना घाइते

३१ साउन, धनगढी । कैलालीमा सर्पले टोकेर एक जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ बसन्ताका ४० वर्षीय सुरेश मगर सर्पले टोक्दा घाइते भएका छन्। सुरेशको दाहिने खुट्टाको बुढी औँलामा सर्पले टोकेको हो। घाइते सुरेशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मुख्‍य समाचार समाचार समाज

नेपाल टेलिकमको आम्दानी दुई अर्ब ८० करोडले घट्यो

३१ साउन, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी ६.३२ प्रतिशतले घटेको छ । टेलिकमले बिहीबार (आज) आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । गएको आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा दुई अर्ब ८० […]

मुख्‍य समाचार समाचार समाज

कुलमानको गुनासो– लोडसेडिङ हुँदा खुसी हुनेले मेरो विरोध गरे

३१ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् । प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको उल्लेख गरे । “केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाँउमा […]

मुख्‍य समाचार समाचार समाज

बढ्दो आत्महत्या रोकथामको लागि प्रहरीले थाल्यो विशेष अभियान

३१ साउन, काठमाडौँ । देशभर जस्तै चितवनमा पनि नै आत्महत्याको घटना बढ्दै गएपछि चितवन प्रहरीले आत्महत्या रोकथामको लागि विशेष अभियान थालनी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका सरोकारवालाहरूको समन्वयमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरी आत्महत्या न्यूनीकरणको अभियान थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार चितवनमा प्रत्येक वर्ष आत्महत्या गर्ने मानिसको […]

समाचार समाज

घट्यो पेट्रोल र डिजेलको मूल्य

३१ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलकाे मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा प्रेटोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ताद्वारा […]

मुख्‍य समाचार राजनीति समाचार

विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

३१ साउन,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्खे खालका ठोस योजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले […]

मुख्‍य समाचार समाचार

बहराईनबाट सुन लिएर आएकी जानुका विमानस्थलबाटै पक्राउ

३१ साउन, काठमाडौं । करिब ५० दुईवटा सुनको सिक्रिसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–५ स्थायी वतन भएकी ३१ वर्षीय जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ स्थायी वतन भएका २२ वर्षीया नारायण थापा रहेका छन् । एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै […]

मुख्‍य समाचार समाचार समाज

१५ हजार घुससहित प्रहरीका हवल्दार रंगेहात पक्राउ

३१ साउन, काठमाडौं । नेपाल प्रहरीका हवल्दार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । प्रहरी चौकी भुजुवा, नवलपरासी पश्चिम दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पक्राउ गरेको हो । भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन […]

मुख्‍य समाचार समाचार समाज

मलेसियामा अस्ताएका मान बहादुरको ६ दिनपछि अन्त्येष्टि

३१ साउन, धनगढी । गत साउन २६ गते मलेसियामा अस्ताउका मानबहादुर बिष्टको अन्त्येष्टि गरिएको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ को बासुलिगं घाटमा उनको अन्त्येष्टि गरिएको छ । उनको शवलाई छोरा, दाइ तथा भतिजहरुले दागबत्ती दिएका छन् । कामको सिलसिलामा मलेसियामा रहेका बिष्टको शुक्रबार काम सकेर साझँ कोठामा फर्केपछि एक्कासी टाउको दुखेको थियो […]

मुख्‍य समाचार समाचार समाज

विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका राजदूतसँग गृहमन्त्री लेखकको आग्रह

३१ साउन, धनगढी । गृहमन्त्री रमेश लेखकसंग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बिहीबार शिष्टाचार भेटघाट गरेका छन । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्ताहरु मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कताबिचको सम्वन्धका बारेमा चर्चा भएको छ । भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी वीपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन […]

मुख्‍य समाचार समाचार समाज

बोलेरो दुर्घटना : दुई जनाको मृत्यु १३ घाइते

३१ साउन, सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकान्या बाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियावारिमा दुर्घटना भएको हो । दुर्घटनामा  परि थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् । वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको […]

मुख्‍य समाचार समाचार समाज

भारतीमा रोजगारी गर्न गएकालाई पनि ‘श्रम आप्रवासन प्रणाली’ मा समेट्न प्रस्ताव

३१ साउन, धनगढी । वैदेशिक रोजगारीको मान्यता नपाएको भारतीय रोजगारीमा रहेको नेपाली श्रमिकलाई श्रम आप्रवासनको प्रणालीभित्र ल्याउनुपर्ने विषय प्रस्तावित श्रम आप्रवासन नीति–२०८१ को मस्यौदामा परेको छ । गणेश गुरुङको नेतृत्वमा गठित कार्यदलद्वारा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई बुझाइएको प्रस्तावित मस्यौदा ‘भारतमा काम गर्न जाने/फर्कने नेपाली श्रमिकलाई श्रम आप्रवासन प्रणालीमा समेट्ने स्थानीय तहस्थित रोजगार […]