२२ श्रावण २०८३, शुक्रबार
अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

३१ साउन, जुम्ला । जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन् । गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए । […]

मुख्‍य समाचार समाचार समाज

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

३१, साउन, भद्रपुर । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताउनुभयो । बुधबार बेलुका बिर्तामोडको अदुवा खोलास्थित भारतमा दर्ता भएको गाडी जाँच गर्दा एप्पल कम्पनीका विभिन्न […]

मुख्‍य समाचार राजनीति समाचार

दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै

३१ साउन, काठमाडौं । संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गर्न लागिएको हो । समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ । संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रहरी मलेसिया पठाएर जीबीमाथि अनुसन्धान गर्ने तयारी, अघि बढ्यो प्रक्रिया

३१ साउन, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ । यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली […]

मुख्‍य समाचार समाचार समाज

न्यायिक समितिमा विपन्न र पिछडिएका वर्गको पहुँच बढ्दै

३१ साउन, बनियानी । जिल्लाको कचनकवल गाउँपालिकाको न्यायिक समितिमा परेका अधिकांश उजुरी फछ्र्यौट भएका छन् । गत आर्थिक वर्षमा परेका एक सय ३० उजुरीमध्ये एक सय छ वटा फछ्र्यौट भएका हुन् । न्यायिक प्रक्रियालाई सहज, सर्वसुलभ र छिटोछरितो बनाउन विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिएकाले प्रभावकारी नतिजा प्राप्त भएको न्यायिक समिति संयोजक नवराज भट्टाईले बताए […]

मुख्‍य समाचार समाचार समाज

‘भाषिक समानताले भारत–नेपाल सम्बन्ध सुमधुर’

३१ साउन, कोलकाता । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीले संसारका विभिन्न मुलुकमा पुगेका नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यम नेपाली भाषा भएकाले यसको संरक्षणमा जोड दिएका छन् । पश्चिम बङ्गालका खाद्य […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

चितवनको धानबालीमा रोगको समस्या

३१ साउन, चितवन । पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उहाँले जानकारी दिए । यसलाई रोक्नका […]

मुख्‍य समाचार समाचार समाज

ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ

३१ साउन, काठमाडौँ ।अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी […]

मुख्‍य समाचार समाचार समाज

आठ हजार मिटरमाथिका १६ हिमाल चढ्ने शेर्पा नेपाल फर्किए

३१ साउन, काठमाडौं । पासाङ् नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुईवटा हिमालको सफल आरोहण गरेर नेपाल फर्किएका छन् । विहीबार नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  स्वागत गरेका हुन् । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र […]

मुख्‍य समाचार समाचार समाज

प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगे

३१ साउन, काठमाडौं । भारतकै प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगेका छन् । अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा प्रवचन सुनाउनका लागि गुरु कालिदास बाबा नेपाल आएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैपशुपति कोटीहोम सामेल हुन पाउँदा निकै खुसी लागेको बताए । उनले नेपालमा […]

मुख्‍य समाचार समाचार समाज

न्यायाधीश रेग्मीको निधन

३१ साउन, काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो । न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सम्झौता भन्दा कम बजेटमा हुलाक निर्देशनालय भवन निर्माण

३१ साउन, कर्णाली । सुर्खेतको हुलाक निर्देशनालय भवन सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा निर्माण भएको छ । निर्देशनालयका लेखापाल उमाकान्त कँडेलले सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा भवन निर्माण भएको बताए । “श्रीखण्डपुर–अर्विड जेभी काठमाडौँले विसं २०७९ माघ २३ गते रु पाँच करोड ५२ लाख बजेटमा भवन निर्माणको सम्झौता गरी विसं २०८१ असार २४ […]