७ कार्तिक २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षाको सम्भावना

८ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा […]

मुख्‍य समाचार समाचार

मेयर/उपमेयरसहित कर्मचारीलाई कार्यालयमै थुन्न खोजिएपछि तनाव

७ भाद्र, धनगढी । कैलालीको घोडाघोडी नगरपलिकामा मेयर/उप-मेयरसहितका जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयमै थुन्न खोज्दा स्थानीयमाथि प्रहरीले धरपकड गरेको छ । शिवशक्ति सामुदायिक वनले आफ्नो क्षेत्र भवन निर्माण गर्दा नगरपालिकाले हस्पक्षेप गरेको आरोप लगाएको छ । सामुदायिक वनले नै नगरपालिका कार्यालयका लागि जग्गा दिएको थियो । अहिले नगरपालिका नजिकै आफ्नो भवन बनाउँदा नगरपालिकाले हस्तक्षेप गरेको उनीहरुको […]

मुख्‍य समाचार समाचार समाज

आबुखैरेनी दुर्घटना: मृतकको संख्या २७ पुग्यो

पोखरा । तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले शुक्रबार बिहान भएको दुर्घटनामा २७ जनाको मृत्यु जानकारी दिए । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको डीएसपी थापाले बताए । घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो […]

मुख्‍य समाचार समाचार समाज

टीकापुरलाई छुट्टै जिल्ला बनाउने रेशम चौधरीको उद्घोष

७ भाद्र, टीकापुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले कैलालीको टीकापुरलाई छु्ट्टै जिल्ला बनाउने उद्घोष गरेका छन् । शुक्रबार नाउपाले आयोजना गरेको टीकापुर विद्रोह दिवसलाई सम्बोधन गर्दै उनले टीकापुर जिल्ला बनाउने आफ्नो पाइला कसैले पनि रोक्न नसक्ने बताए । उनले टीकापुर जिल्ला बनाउन स्वर्गीय खड्क बहादुर सिंहको योजनामा आफू हिँडिरहँदा अनेक षड्यन्त्र […]

अन्तर्राष्ट्रिय समाचार

भारतमा पहिरोमा पुरिएर ४ नेपाली मजदुरको मृत्यु

एजेन्सी- भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको ज्यान गएको छ । गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको ज्यान गएको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ । ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा […]

मुख्‍य समाचार समाचार समाज

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

७ भाद्र, अछाम । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाटी बस्ने अन्दाजी ४५ वर्षका कमल बहादुर शाहीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार शाही आफ्नै खेतबारीमा काम गरी घर फर्कने क्रममा बडरुखको भिरबाट १०० मिटर तल खसेर घाइते भएका थिए । उनलाई उपचारका लागि दैलेखको […]

मुख्‍य समाचार समाचार समाज

ढुङ्गाले लागेर बस पल्टियो, २५ जना घाइते

७ भाद्र, काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ को १७ किलोमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर बस पल्टिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको हो । बसमा ३०र३५ जना यात्रु रहेका र तीमध्ये २५ जना घाइते भएका प्रहरीको भनाइ छ […]

मुख्‍य समाचार समाचार

टीकापुर घटनाको ९ वर्ष पूरा

७ भाद्र, धनगढी । टीकापुर घटनाको ९ वर्ष पुरा भएको छ । थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ९ वर्ष पूरा भएको हो । २०७२ साल भदौ ७ गते भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा […]

मुख्‍य समाचार समाचार समाज

कैलालीमा एक महिला मृत फेला

७ भाद्र कैलाली । कैलालीमा एक महिला मृत फेला परेकी छन् । कैलारी गाउँपालिका–३ की २८ वर्षीया शिखा चौधरी मृत अवस्थामा फेला परेकी हुन् । उनी सोही गाउँपालिका–३ स्थित सुर्मानाला खोलामा शुक्रबार मृत फेला परेकी प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

सामाजिक सञ्जाल नियमन गर्न कानूनको ड्राफ्ट तयार गर्नुपर्छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानूनको ड्राफ्ट तयार भएको बताएका छन् । शुक्रबार गुरुङ सम्पदा पदमार्ग ‘गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल’ को शुभारम्भ तथा नक्सा विमोचन कार्यक्रममा उनले नियमन गर्ने कानून नहँुद समस्या भएको भन्दै यसको लागि मन्त्रालयमा कानूनको ड्राफ्ट तयार भएको बताएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार

शनिबार युवाहरु प्रधानमन्त्री निवास बालुवाटार घेर्ने

काठमाडौं । विभिन्न युवा अभियान्ताहरुको नेतृत्वमा ओली सरकारले भ्रष्टाचारी बचाउने खेलमा लागेको बताउँदै बालुवाटार घेराउ गर्ने उद्घोष गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भोलि भदौ ८ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउमा सहभागि हुन आम जनतालाईसमेत आह्वान गरेका छन् । अभियान्ताहरु डा.निकोलश भूसाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, बिजय कँडेल, सोम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

डा.सीके राउतको ‘वैरागदेखि बचावसम्म’माथि वहस

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्नो आत्मकथा सम्बन्धी पुस्तक ‘वैरागदेखि बचावसम्म’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । राउतले पुस्तक इतिहासको एउटा कालखण्ड र दस्तावेज भएको भन्दै यसमा विगतको अवस्था परिस्थितीको बारेमा व्याख्या गरिएको बताए । उनले भने, ‘किताब नयाँ होइन, तेस्रो संस्करण हो । किताब […]