८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

मनकामना केबुलकार ५० दिन बन्द हुने

३१ असार, चितवन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।‘एनालग’प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

३१ असार , काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

‘सीमा सुरक्षा पहिलो प्राथमिकता’

३१ असार, वीरगञ्ज । पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रजिअ दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पर्साका सुरक्षा निकायलाई निर्देशन दिएका थिए । उनले जगरनाथपुर […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

३१ असार , काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । त्यस्तै मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । महाशाखाले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

३१ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

३१ असार, कर्णाली ।‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

राजनीति समाचार समाज

ओलीको नियुक्ति असंवैधानिक, सर्वोच्च जान्छौं : कानुन व्यवसायी

असार ३०,काठमाडौँ । कानुनविद्हरुले राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जबरजस्त असंवैधानिक तरिकाले नियुक्त गरेको बताएका छन् । पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि आह्वान गरेर असंवैधानिक कदम उठाएको बताए । ‘संविधानका धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६ […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

असार ३०, काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) […]

मुख्‍य समाचार समाचार समाज

बाढीपहिरोले सडक बगाउँदा तीन गाउँका स्थानीय समस्यामा

३० असार, लमजुङ । दुई साताअघि आएको बाढीपहिरोले सडक बगाउँदा बेँसीसहर नगरपालिका–११ का रुम्टाबेँसी, बजारखुट्टा र बुढीकुवा बगरबोट गाउँका स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ । बेँसीसहर–१ बट वडा नं ११ चिती जोड्ने रिट्ठेबगर–बूढीकुवा खण्डअन्तर्गत वडा नं १ रिट्ठेबगरमा पहिरोले सडक बगाएपछि यातायातका साथै पैदालयात्रा समेत नहुँदा तीन गाउँका स्थानीय समस्यामा पर्दै आएका हुन् । […]

मुख्‍य समाचार समाचार समाज

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

३० असार, सुनसरी । धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो । इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताए । उनले भने, “बूढासुब्बाप्रति अगाध आस्था छ । भर्खरै विवाहबन्धनमा […]

बागमती मुख्‍य समाचार राजनीति समाज

बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

३० असार , मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले प्रमाणीकरण गर्नुभएको विधयेकमध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न […]

मुख्‍य समाचार राजनीति

जसपाद्वारा बाढीपहिराबाट भएको क्षतिप्रति दुःख व्यक्त

३० असार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढी र पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्मा परी जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उनले घाइतेको उपचारको […]